टोकियो
हृदयघात भई मृत्यू भएको ४१ बर्षिय निलकन्ठ कंडेललाई दुई छोरीहरु रक्षा कंडेल र प्रतिक्षा कंडेलले सोमबार भावपूर्ण अन्तिम बिदाईगरेका छन ।
श्रीमती सहित छोरीहरु १९ रक्षा कंडेल र १७ प्रतिक्षा कडेलसगै जापानको साईतामा स्थित तोकोरोजावा बिगत ९ बर्षबाट बस्दै आएकाकडेलको सोमबार जापानमा नै अन्येष्टी सम्पन्न भएको हो ।
बिहुंकोट समाज जापानले सोमबार आयोजना गरेको श्रद्धान्जली सभामा बिहुकोट समाज जापानका संरक्षक दिपक सुवेदी,सहसंरक्षक डिपि कडेल, एनआरएन जापानका महासचिव सिद्धार्थ श्रेष्ठ लगायत जापानमा क्रियाशील संघ/संस्थाका करिब १ सय जनाको सहभागिता रहेकोबिहुकोट समाज जापानका अध्यक्ष घनस्याम कंडेलले निष्पक्ष न्यूजलाई जानकारी दिनु भएको छ ।
बाग्लुङ जिल्ला काठेखोला – ६ बिहुँ हटिया ठेगाना भएका कडेल कुक भिषामा बिगत ९ बर्षदेखि जापानमा कार्यरत रहेका थिए ।
आईतबार राती अचानक ४१ बर्षका कंडेललाई हृदयघात भएको थियो । कंडेलको मोष्टमार्टम रिपोर्टमा मुटुले काम गर्न छाडेपछि मृत्यूभएको रिपोर्ट परिवारलाई दिईएको थियो ।