टोकियो
जापानको क्युसु (फुकुओका) मा चिट्ठा चोरेको आरोपमा एक जना नेपाली युवालाई जापान प्रहरीले पक्राउ गरेको छ ।
जापानिज समाचार एजेन्सीका अनुसार २४ वर्षीय नेपाली युवा प्रशान्त अधिकारीलाई बिहिबार बिहान जापानको किताक्युसुको कोकुराकिता–कु फुरुसेनबामाची सडक नजिकै रहेको चिठ्ठा ( लोटरी) किनेका ५८ वर्षीय व्यक्तिको ३० वटा चिठ्ठाको टिकट राखेको खाम चोरी गर्ने उदेष्य राखि चिठ्ठा राखिएको खाम चोरी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
समाचारमा अधिकारीले भने अँगालो हाल्ने प्रयास गरेको तर खाममा रहेको चिठ्ठा लुटपाटको कुनै प्रयास नगरेको भन्दै आरोप अस्वीकार गरेको छन ।
जापानमा बिभिन्न प्रकारकाचिठ्ठा हरु किन्ने चलन ब्यापाक रहेको छ ।