टोकियो
विद्यार्थी भिषामा जापान आइ अध्ययन पश्चात हाकेन कम्पनीमा कार्यरत २९ सजिन्द्र प्रधानको उपचारका क्रममा जापानको नागोयामा मृत्यू भएको छ ।
काम सकाएर कोठामा सुतिरहेको अवस्थामा सजिन्द्रलाई स्वास प्रस्वासमा समस्या देखिए पछि उपचारका लागि अस्पताल लगिएको थियो ।
श्रीमतीसगै बसोबास गर्ने प्रधानको मंगलबार बिहान ७:३० बजे उपचारका क्रमा नै असामाहिक निधन भएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य दिपक कार्कीले जानकारी दिएका छन ।
नेपालको खोटाङ जिल्ला सिम्पानी -२ ठेगान रहेको प्रधानका श्रीमती, आमा,बाबा सहितको सयुक्त परिवार रहेको छ ।
परिवारको आग्रहमा प्रधानको शवलाई नेपाल पठाईने जानकारी एनआरएनए आइसिसि सदस्य कार्कीले दिएका छन ।