रिष्मेली मेघराज
ओसाका,जापान
कामदार भिषा (कुक) मा एक बर्ष अघि नेपालबाट जापान आएका कडेल थरका युवाले आफनो मृत्यू आफै रोजेका छन ।
बाग्लुङ्ग जिल्ला कांठेखोला गाउॅंपालिका वार्ड न ५ बिहुं निवासी हाल जापानको ओसाकामा कुक पेशामा कार्यरत बर्ष ३१ का कॅंडेललेविहीबार जापानको ओसाका स्थित आमागाशि वार्डमा आफै बस्दै आएको कोठाको किचनमा कम्प्यूटको चार्जर(तार) ले मत्यू रोजेको नेपाली एकता समाज ह्योगो क्षेत्रीय अध्यक्ष भुवन सापकोटा ले जानकारी दिएका छन ।
मृतकका १ छोरी र १ छोरा रहेका छन । हाल ति नावालकहरु हजुरआमा संगै नेपालमा रहेका छन । कडेलको मे २१ तारिक जापान मै अन्त्येष्टी गरिने पारिवारीक श्रोतले निपष्क्ष न्यूजलाई जानकारी दिएको छ ।