जापानको टोकियोसग जोडिएको खानागावा क्षेत्रमा शुक्रबार सांझ आकस्मत विद्युत आपुर्ति बन्द हुदा जनजिवन प्रभावित

टोकियो

टोकियो ईलेक्ट्रिसिटी पावर कम्पनीले विद्युत आपूर्ति गर्न नसक्द राजधानी टोकियोसग जोडिएको खानागावा क्षेत्रको करिब ७० हजार घरहरुमा जनजिवन प्रभावित हुन पुगेको छ ।

न्यूज एजेन्सी एनएचके अनुसार जापानको खानागावा प्रिफेकेचरमा शुक्रबार राती ११ बजेबाट करिब ७० हजार जति घरहरुमा विद्युत आपुर्ति बन्द भएको हो ।

खानागावा प्रान्तको आओव वार्डमा लगभग ६२ हजार ४ सय ८० घर,कावासाकी शहरको आसाओ वार्डमा लगभग ३ हजार २ सय ५० घरहरु, योकोहमा सहरकै मिदोरी वार्डमा १२ सय घरहरु र चुजुकि वार्डमा ५१० घरहरुमा विद्युत आपुर्ति बन्द हुन पुगेको छ ।

प्राकृतिक विपत्तीमा यस्तो समस्या हुने जापानमा के कारणले हुन पुगेको हो जानकारी हुन सकेको छैन । विद्युतका कारण रेल सेवा पनि प्रभावित भएको छ। ।

ताजा समाचार