जापानको टोकियो लगायतका ९ प्रान्तमा अर्ध आपतकाल लगाउने तयारी

टोकियो

जापानमा निरंतर कोरोना संक्रमण बढेपछि टोकियो सहित नौ प्रान्तमा अर्धआपतकाल लगाउने तयारी थलिएको समाचार छ ।

कोरोना सोचे भन्दा बढीमा कोरोना संक्रमण देखिएको भन्दै चिवा, साईतामा, खानागावा, मिए, गिफु, मियाजाकी, कुमामोतो र निगाता लगायतका प्रान्तहरुमा अर्ध आपतकाल लगाउने तयारी थालेको एनएचकेले जनाएको छ ।

विगत एक साताको आकडा हेर्दै टोकियोमा सरदर १ हजारको दरले बढेपछि टोकियोमा करिब ५ हजार जनामा कोरोना देखिन थालेको छ भने अन्य प्रान्तहरुमा पनि आकंलन गरेभन्दा बढीमा कोरोना संक्रमण देखिए पछि अर्ध आपतकाल लगाउने तयारी थालिएको हो ।

प्रान्तिय सरकारले सिफारिस गरेपछि केन्द्रसरकारले आपतकाल घोषण गर्ने छ ।

ताजा समाचार