टोकियो
अमेरीकाबाट जापान आई होम क्वारेन्टाईनमा बसेका यात्रुमा ओमिक्रोन पोजिटिभ भएसगै जापानले होम क्वारेन्टाईनलाई कडा बनाउने संकेत गरेको छ ।
अमेरीकाबाट जापान आएका २० वर्षिय युवतीमा विहिबार ओमिक्रोन पुष्टी भएको हो । होम क्वारेन्टाईनको समयमा नै ज्वरो रुघा र खोकि बढेपछि ति युवतीलाई हस्पिटल भर्ना गरिएको छ ।
यसैविच विहिबार टोकियोका गर्भनर युरिका कोईकेले होम क्वारेन्टाईनमा कमजोरी रहेको भन्दै होम क्वारेन्टाईनलाई अझ विस्वासिलो बनाउनु पर्ने बताएपछि आगमि दिनहरुमा जापान प्रवेश गर्ने यात्रुहरुलाई क्वारेन्टाईन कडा हुन सक्ने अनुमान गर्न सकिन्छ ।
जापानमा विदेशबाट आएका यात्रुहरुमा ओमिक्रोनद देखिने क्रम जारी छ ।