सोमबार जापानमा थप चार जनामा ओमिक्रोन कोरोना भएको पुष्टी

टोकियो

विदेशबाट जापान प्रवेस गरेका थप चार जनामा ओमिक्रोन कोरोना भेटिएको जापान सरकारले सोमबार जनाएको छ ।

अमेरिका र नाईजेरियाबाट जापान प्रवेश गरेका पुरुष र महिला यात्रुहरुमा ओनिक्रोन कोरोना सक्रमण देखिएको हो ।

जापानिज समाचार एजेन्सि एनएचकेका अनुसार सोमबार पुष्टि भएका चार जना मध्ये एक जना कान्साईमा देखिएको हो भने अन्य तिन जना नारिता र हानेदा एयरपोर्ट प्रयोग गरेर जापान प्रवेश गरेका यात्रुमा देखिएको जनाएको छ ।

ताजा समाचार