सोमबारबाट विदेशी यात्रुहरुले जापान प्रवेश गर्न पाउने

टोकियो

जापान प्रवेशका लागि लामो समय प्रतिक्षा गरिरहेका विद्यार्थी, व्यवसायी एवं प्राविधिक कामदारहरुका लागि सोमबारबाट जापान आउन पाउनेगरी नियम परिवर्तन हुने भएको छ ।

कोभिड १९ को महामरीलाई मध्यनजर गरि जापान सरकारले लामो समय देखिको जापान प्रवेशमा प्रतिबन्ध गरेकोमा सोमबार देखि खुकुलो पार्ने एवं आपतकालका समयमा बनाईएको नियमहरुलाई परिमार्जन गर्ने भएको हो । जापान प्रवेशको प्रतिक्षा गरेका बिदेशीहरुलाई जतिसक्दो छिटो प्रवेश गर्न सहजीकरण गर्ने उद्देश्यले आगामी सोमबार हालका काडा नीतिहरुहरुलाई परिमार्जन गर्न लागिएको जापानी समाचार एजेन्सीहरु जनाएका छन ।

विभिन्न सचारमाध्यमहरुले दावि गरेको तथ्याङक अनुसार जापान आउन चाहान राख्ने एवं जापान सरकारबाट (सिओई) प्राप्त गरेका विदेशी विद्यार्थीहरु प्राविधिक कामदारहरुको सख्या करिब चार लाख रहेको बताईएको छ । जापानिज भाषा अध्ययन गर्ने विद्यार्थीहरु अनलाई मार्फत अध्ययन गरिरहेको भएपनि विश्वविद्यालय सहित प्राविधिक विद्यार्थीहरुको सख्या अझै बढन सक्ने बताईएको छ ।

सोमबार जारी गरिने नियम अनुसार व्यवसायीहरुको जापान प्रवेश सजिलो हुने छ भने पर्यटन भिषाका लागि अझै केहि समय प्रतिक्षा गर्नु पर्ने भएको छ ।

ताजा समाचार