कोरोना महामारी रोकथाम सहित कला सस्कृतीको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै साझा समाज गुन्मा सम्मानित

टोकियो

गुन्मा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई जापान बसाई सहज बनाउने उदेष्य सहित स्थापना भएको नेपाली साझा समाज, जापानलाई गुन्मा सरकारले Gunma International Exchange Award द्वारा प्रसंसा पत्र सहित सम्मान गरिएको छ ।

साझा समाजले स्थानिय गुन्मा सरकारसगको सहकार्यमा कोरोना महामारीको समयमा नेपाली नागरिकलाई सचेतता बढाउदै महामारीको रोकथाममा महत्वपूर्ण कार्य सहित नेपाल र जापानका विच कला र सस्कृतीको आदन प्रदानमा विशेष भूमिका खेलेको भन्दै अक्टोबर १५ तारिख गुन्मा केन मुख्यालयमा आयोजित एक विशेष समारोहमा गुन्मा केनको तर्फ बाट केन उपप्रमुखको नेतृत्वमा उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति नेपाली साझा समाजका अध्यक्ष बुद्धि शेरचनलाई सम्मान पत्र प्रदान गरिएको थियो । सो अवशरमा समाजका कोषध्यक्ष अलोक श्रेष्ठ र सल्लाहकार रन्जय अमात्यको उपस्थिति रहेको थियो ।

नेपाली साझा समाज, जापानले स्थापनाकाल देखि नै नेपाली र जापानिज दुवै समुदाय लक्षित बिबिध सामाजिक कार्यहरु जापानको सरकारी निकाय सँग नजिक रही गर्दै आएको कारण सस्थाले सम्मान प्राप्त गरेको समाजका महासचिव निरज गरुङले निष्पक्ष न्यूजलाई बताउनु भयो ।

गुरुङले समाजले नेपाली समुदायलाई बिबिध उपयोगी सुचनाहरु प्रबाह गरेको, भइपरि आउने विविध समस्या समाधानमा उल्लेखनीय भूमिका सहित भोलिन्टियर सेवा दिन सफल रहेको पनि बताउनु भयो ।

स्मरणीय छ कि यस अघि नेपाली साझा समाज, जापान र गुन्मा केन बीच आपसी सहकार्य गर्दै अघि बढ्ने एक बिसेष सम्झौता भएको थियो |

ताजा समाचार