जापानको खानागावामा निधन भएका गैरेको आज जापानमै अन्तिम संस्कार गरिने

टोकियो

जापानको गानागावा प्रान्तमा गत आईतबार असामयिक निधन भएका गैरेको आज जापानमै दाहसंस्कार गरिने भएको छ ।

नेपालको बुटबल घर भई जापानको कानागावा केन मिदोरी कु नागाचुता बस्ने मृतक विकास गैरेको आज(आइतबार ) खानागावा प्रान्तकै कावासाकी स्थित एक शव दाह गृहमा अन्तिम संस्कार गरिने भएको हो । गैरेको गत आइतबार आफू बस्ने घरमा नै असामयिक मृत्यु भएको थियो । बुटवल उपमहानगरपालिका १२ का ३० वर्षीय गैरेको आज खानागावा प्रान्तको कावासाकी शि कावासाकी कु ३-२-७ योकोहमाॉा दाहसंस्कार गर्न लागिएको मृतकका आफन्त आफन्तले जानकारी दिएका हुन् ।

ताजा समाचार