टोकियो
मंगलबार विहान टोकियोमा एसिड प्रहार गर्ने हिरोताका हानामारी नाम गरेका युवालाई पांच दिनपछि शनिवार ओकिनावाबाट प्रकाउ परेको जापान प्रहरीले जानकारी दिएको छ ।
टोकियो मेट्रो सबवे ट्रेनको सिरोकाने ताकानवा स्टेसनमा विहान करिब ९ बजे २ यात्रुलाई एसिड प्रहारगरी गम्भिर धाईते बनाएको भन्दै सिजुओका आओई बस्ने २५ बर्षिय हिरोताका हानामारीलाई जापान प्रहरीले प्रकाउ गरेको हो ।
प्रहरीले दिएको दिएको जानकारी अनुसार मंगलबार विहान एसिड प्रहारगरी हिरोताका सोहि दिन सिनगावाबाट बुलेट ट्रेन चढी सिजुओका पुगेको त्यसपछि लुक्न ओकिनावा गएको हुन सक्ने बताएको छ ।
प्रहरीका अनुसार एसिड प्रहारबाट एक युवाको हात, कुम र शरीरका बिभिन्न अंगहरु जलेका छन् भने महिलालाई पनि एसिडले जलेका कारण हस्पिटलमा उपचार भईरहेको छ ।
एसिड प्रहार गर्ने युवाले के कारणले एसिड प्रहार गरेको हो त्यसको कारण खुल्न सकेको छैन ।