टोकियो
मंगलबार राती जापानको राजधानी टोकियो स्थित टोकियो मेट्रो सबवे ट्रेनको सिरोकाने ताकानवा स्टेसनमा २ जना यात्रुलाई अपरिचित ब्यक्तिले एसिड प्रहार गर्दा दुई जना यात्री गम्भिर धाईते भएका छन ।
एसिडबाट २२ वर्षिय युवक र ३४ वर्षिय महिला घाईते भएकी छिन् । हाल उनिहरु दुवैजनालाई अस्पत्तालमा भर्ना गरिएको छ । २४ तारिख राति करिब ९ बजेतिर, सिरोकाने ताकानवा स्टेसनको ईलेभेटर नजिक उभिएका उनिहरु माथि मास्क लगाएका करिब ४० वर्ष उमेरका मानिसले एसिड प्रहार गरेका हुन् । अनुसन्धानका अनुसार, उनिहरु माथि सल्फ्युरिक एसिड प्रहार भएको हो ।
जापानी संचारमाध्यम जापान टाईम्सका अनुसार, ति युवकलाई लक्षित गरि, प्रहार भएको एसिडले उनको पाखुरा, कुम लगायतका अंगहरु जलेका छन् । ३४ वर्षिय महिला भने त्यहि चिप्लिएर लड्दा एसिडमा परेकि हुन् । उनिहरु दुवै जनाको हाल उपचार भईरहेको छ ।
मंगलबार टोकियो पाराओलम्पिकको उदघाटन सत्र भएकाले उक्तदिन सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो ।तर पनि सोहि समयमा एसिड प्रहारको घटनाले सबैलाई सशंकित बनाएको छ ।