टोकियो
जापानमा एकै हप्ता भित्र विभिन्न कारणले तिन जना नेपालीको मृत्यू भएको छ ।
जापानमा दिन प्रतिदिन बढिरहेको कोरोना संक्रमण विच टोकियोमा एक नेपालीको कोरोना कारणले ज्यान गएको छ भने दजौनौ नेपाली संक्रमित हुन पुगेका छन । त्यसैगरी जापानको ओसाकामा एक महिलाको उपचारको क्रममा निधन भएको छ । आईतबार मात्रै सेन्दाईमा राति सुतेका एक नेपाली कहिल्यै नबिउझनेगरी निदाएका छन ।
अगष्ट ८ तारिख आईतबार जापानको ओसाकामा परिवारसंगै बस्दै आएकी ४२ वर्षिय हरिकला भण्डारीको मृत्यु भयो । नेपालको बागलुङ जिल्ला,गलकोट नगरपालिका-२ नरेठाँटी चिनामाली स्थायी ठेगाना भएकि भण्डारी जापानको ओसाकामा विगत १ दशक देखि पारिवारिक भिसामा रहँदै आएकी थिईन् । उनि विगत एक वर्षयता स्वास्थ्यमा समस्या देखिएकाले उपचाररत थिईन् । पारिवारिक स्रोतका अनुसार उनको फोक्सोमा गम्भीर समस्या देखिएको थियो र सोहि कारण निधन भयो । र उनको यहि अगस्ट ११ तारिख जापानको ओसाकामा नै अन्त्येष्टि भईसकेको छ ।
यस्तै जापानको राजधानी टोकियोको शिनकोईवा बस्ने ४५ वर्षीय नेपाली उज्वल तुलाचनको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । नेपालको मुस्ताङ ज़िल्ला टुक्चे स्थायी घर भै डेढ दशकदेखि श्रीमतिसंगै जापानमा बस्दै आएका तुलाचन श्रीमतिसंगै कोरोना संक्रमित भएपछि उपचारकै क्रममा यहि बिहिबार मृत्यु भएको बताईएको छ । मृतक तुलाचनको शवलाई जापानी अधिकारीहरूले नै अन्तिम संस्कार गरेको र परिवारलाई भिडियो मार्फत शव देखाइएको बताईएको छ । तुलाचनको श्रीमती जापानी नागरिक रहेको बुझिएको छ । जापानमा कोरोनाका कारण दुई नेपालीको मृत्यु भएको छ ।
यो संगै, जापानको सेन्दाइमा भोकेश्नल कलेज अध्यनरत ३१ वर्षीय नेपाली कुबेर धामीको यहि शनिबार निधन भएको छ । नेपालको महेन्द्रनगर स्थायी घर भै २ वर्ष अघि जापान आएका धामी सुतेकै अवस्थामा मृत भेटिएका हुन् । शनिबार कामबाट फर्किएर साविक जस्तै सुतेका धामी आईतबार साथीहरु काममा गई फर्किएर आउँदा पनि सुतिरहेको पाईएपछि,साथीहरुले उठाउन खोज्दा मृत अवस्थामा भेटिएका थिए । धामीको पोस्टमार्टम पछि मृत्यूको कारण जान्न सकिने छ ।
जापानमा विगत देखि नै तिनको संयोग देखिन्छ । एक जनाको मृत्यू खबर पछि त्यहि हप्ता भित्र तिन जनाको मृत्यु हुने गरेको तथ्याङ रहेको छ । यो हप्ता भित्र पनि ओसाकामा एक टोकियोमा एक र सेन्दाईमागरी तिन जनाको मृत्यू भईसकेको छ ।