एनआरएन जापानमा निर्वाचन समिति र अध्यक्ष मन्डलविच पत्र युद्ध जारी, सपथको तयारी पुरा

टोकियो ।

निर्वाचन सकिएको एक हप्ता बिति सक्दा पनि नवनिर्वाचित कार्यसमितिको सपथ हुन नसकेको एनआरएन जापानमा निर्वाचन समिति र अध्यक्ष मन्डलका विच पत्र युद्ध चलिरहेको छ ।

विहिवार निर्वाचन समितिले छिटै सपथ गरिने जानकारी सहितको सूचना जारी गरेकोमा शुक्रबार अध्यक्ष मन्डलका संयोजक सहित ५ जना अध्यक्ष मन्डलले जारीको विज्ञप्ती मार्फत निर्वाचन समितिले सपथ गराउन नसक्ने जानकारी सहित विज्ञप्ती निकाले पछि सपथ गर्ने वा नगर्नेमा अन्यौलता थपिएको थियो । निर्वाचन समितिले निष्पक्ष न्यूजसग कुरा गर्दै तोकिएको मितिमा सपथ कार्यक्रममा कुनै परिवर्तन नगरिएको एवं तोकिएको मिति र समयमा सपथ कार्यक्रम हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

अध्यक्ष मन्डलले जारी गरेको ६ बुदाको विज्ञप्तीमा निर्वाचन समितिको पछिल्लो कदमको आलोचना गर्दै सपथ ग्रहण निर्वाचन समितिको कार्यक्षेत्रमा नपर्ने जनाएको भएपनि सपथ पनि निर्वाचन समितिको जिम्मेवारी भएको भन्दै सपथ ग्रहण नरोकिने निर्वाचन समितिले स्पष्ट पारेको हो ।

लाखौ रकम खर्चिएर दुईपटकको मिति सारेर निर्वाचन भई नयॅा समिति निर्वाचित भएपनि जापानका एनआरएन अग्रजहरुले दुवै अस्थाई समितिको पत्र युद्धलाई आनन्द लिएर हेरेको भान भईरहेको टिप्पणी सुन्न पाईन्छ ।

अध्यक्ष मन्डलको विज्ञप्ती :-

ताजा समाचार