एनआरएन जापानको महासचिवमा टीकाराम खरेलले उम्मेदवारी दिने

टोकियो

वर्तमान कार्यकालमा सचिव रहेका टीकाराम खरेलले आगमि २०२१-०२३ कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिने धोषण गरेका छन ।

खरेलले प्रस्तुत गर्नु भएका प्रतिबद्दताहरु:-

आदरणीय जापानवासी नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुमा हार्दिक नमस्कार ।

“ईमान्दारिता,आर्थिक पारदर्सिता र लगनसिलता, सक्षम,सबल र साझा NRNA मेरो प्रतिबद्दता” कर्मभुमी जापामा रहने क्रममा बिभिन्न आरोह र अवरोहका बीच पनि आफूलाई परिष्कृत गर्दै अघि बढिरहेको र एनआरएनए अभियानमा समेत सक्रियताका साथ अघाडी बढिरहेको कुरा जानकारी गराउन चाहान्छु। म अहिले NRNA राष्ट्रिय समन्वय परिषद् जापानको सचिब पदमा जिन्मेवारी समालिरहेको र आफ्नो जोस,जागर र काम गर्ने इच्छा शक्तिलाई पुनः सदुपयोग गरी यहॉहरु संग हातेमालो गरेर अझै अगाडि बढ्ने दृढ चाहना अनुरुप महासचिब पदमा उम्मेद्वारी दिने निर्णयमा पुगेको छु। मेरा केहि प्रतिबद्दताहरु निम्न छन्।

१-जापानमा रहेका गैरआवासीय नेपालीहरुको समस्या,समाधान र भैपरी आउने आपतकालिन अवस्थाको लागि सहयोग गर्न एक आपतकालीन राहातकोषको निमार्ण गरि त्यसलाई चौविसै घण्टा सक्रिय र निरन्तरताको लागि पहल गर्ने छु ।

२-जापानमा हुने कानुन,नीति नियम लाई ख्याल गर्दै जन-चेतना मुलक कार्यक्रमहरु संञ्चालन गर्ने छु ।

३-नेपाली-नेपाली बीचको एकता र सद्भावनालाई अझै बढि प्रगाढ बनाउन पहल गर्दै जापानमा रहेका संघ-संस्थासंग सुमधुर सम्वन्ध कायम राख्न सकृय रहने छु ।

४-अध्यनको क्रममा जापानमा रहेका नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्यन तथा रोजगारीको लागि सेमिनार लगायतका अन्य कार्यक्रमहरु गर्ने छु।

५-बिधार्थी केन्द्रित क्षमता अभिबृदीका कार्यक्रमहरु संञ्चालन गर्ने जस्तै वक्तित्वकला,चित्रकला,हाजिरीजबाफ आदी-आदी।

६-बिधार्थीहरुले अहिले प्राप्त गकिरहेको छात्रवृति लगायतका अन्य सुबिधाहरुलाइ अझै थप र ब्यबस्थित गर्नमा पहल गर्ने।

७- जापानमा कार्यरत कुक तथा डिपेन्डेन्ट दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित भाषा कक्षा संञ्चालन तथा बिभीन्न तालिम र सेमिनारको ब्यबस्था गरिने छ।

८-बालवालिका हरुको लागि केन्द्रित गरि नया कार्यक्रमहरु तर्जुमा गरिने छ।

९- NRNA जापानले गर्दै आईरहेको नेपाल फेष्टिबल लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिइने छ।

१०-आर्थिक पार्दशिता र यसको परिचालनको लागि छुट्टै आर्थिक परिचालन समिती बनाईने छ र जसको प्रतेक महिनाअडिटिङ् गर्नुका साथै गसम्पुर्ण बिबरण जापान बासी नेपाली समुदायमा सार्बजनिक गरिने छ।

११-समय सापेक्ष विधानमा परिमार्जन गरिने छ।

१२-अन्य भैपरि आउने र संस्थामा गर्नु पर्ने कार्यहरु तदारुकताका साथ गर्ने छु।

अन्त्यमा,

म कुरा भन्दा काममा बिश्वास राख्दछु। २००८ देखिनै संस्थाको साधारण सदस्य रहदै २०१३ बाट संस्थामा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा संलग्न रहि आएको कुरा याहाहरुलाई अबगत गराउन चाहान्छु। संस्थाको जुन लक्ष्य र उदेश्य छ त्यो उदेश्य प्राप्ति गर्नका लागि म एउटा इट्टा पक्कै थप्ने छु।आजका मिति सम्म तपाईहरुले म प्रति गर्नु भएको सदभाव र विश्वासमा एक इन्च पनि कमि आउन दिने छैन ।सन्मानित संस्थाको बिकासका लागि म भित्र रहेको ज्ञान,सिप,बुद्दि,बिबेक र शक्ति प्रयोग गर्ने छु भने संस्थाको बिधि, बिधान र जापानको कानुनमा टेकेर यहा रहेका हरेक नेपालीहरुले बिश्वास र भरोसा गर्न सक्ने संस्था बनाउन प्रतिबद्द रहने छु।

धन्यबाद।

भबदिय,

टिकाराम खरेल

महासचिब पदको उम्मेदवार (NCC जापान २०२१-२०२३) हाल सचिब

ताजा समाचार