टोकियो
एनआरएन जापानको अधिवेसन नजिकिदै गर्दा विभिन्न पदमा उम्मेदवारी धोषण बढेको छ ।
एनआरएन जापानमा आर्थिक अनियामितताको काण्ड खुलास भएपनि उम्मेदबार धोषण गर्ने क्रम जारी रहेको छ । अधिवेसन जुलाई २५मा ओसाकामा हुनेछ ।
न्यूउरेले जारी गरेको प्रतिबद्दताहरु –
नमस्कार
सामाजिक कार्यमा सधै प्रेरीत गर्ने यहाँले गर्दानै म आज सम्म निरन्तर लागीरहेको छु । एनआरएनए अभियानमा जोडीएर क्षेत्रीय समितीमा कार्य गर्दै केन्द्र सम्म आउदा यहाँहरुको सल्लाह सुझाब र सहकार्य अबिश्मरणीय मात्र बनेनन मार्गदर्शन पनि बनेको पाएको छु । यो अभियानमा मेरो उपस्थीतिले युवाहरुलाइ प्रेरणा दिएको महशुस गरेको छु ।
सदा जस्तै यहाँहरुको साथ सहयोग र सल्लाह अनुसार नै यो अभियानलाइ निरन्तर दिनु पर्छ भन्ने कुरालाइ ग्रहण गर्दै यो पटक (२०२१ २०२३) को लागी बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन गइरहेको कुरा यहाँलाइ जानकारी गराउदछु । आज मैले औपचारीक घोषणा पूर्व यहाँलाइ जानकारी गराउदै सहयोगको लागी अनुरोध समेत गर्दछु ।
यो सस्थामा वर्तमान युवा उपाध्यक्ष भइरहदा यहाँको पाएको साथ सहयोग लागी धन्यवाद ब्यक्त गर्दै बिगतमा जस्तै आगामी कार्यकालमा पनि साथ सहयोग, सल्लाह र सहकार्यको अपेक्षा गर्दछु ।
भवदिय
नविन न्यूउरे
बरिष्ठ उपाध्यक्षको उम्मेदवार