उत्तरकोरियाको ब्यालेस्टिक मिसाईल जापानको होक्काईदो र आमोरी प्रान्त नजिक खस्यौ, सुरक्षा परिषदको बैठक शुरु

टोकियो

उत्तर कोरियाले मंगलबार विहानै जापानको होक्काईदो र आमोरी प्रान्त नजिक ब्यालेस्टिक मिसाई प्रहार गरेको छ ।

लामो दुरी सम्म मार हान्न सक्के यो मिसाईल कोरियाले जापानको सिमा रेखा भन्दा निकै टाढा होक्काईदो र आमोरी प्रान्तलाई पार गर्दै प्रशान्त सागरमा खसेको जापानको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

आज विहान ७ बजेर २२ मिनेटमा खसेको मिसाईलका कारण होक्काईदो र आमोरी प्रान्तको ६ वटा विमानस्थलबाट हुने उडान रोकिएको थियो भने होक्काईदो र आमोरीमा संचालन हुने ट्रेन केहि समयको स्थागन पछि संचालनमा आएको छ ।

मिसाईल ४ हजार किलोमिटर उढेको र यसले अहिले सम्म कुनै हानि नोक्सनी नगरेको जापान सरकारका प्रवक्ताले जानकारी दिएको छन ।

यो बर्ष उत्तरकोरियाले जापान तर्फ २२ पटक मिसाईल प्रहार गरेकोमा छ । यो हप्ता मात्रै ४ पटक मिसाईल प्रहार गरिसकेको छ । उत्तर कोरियाले होक्काईदो र तोहोकु क्षेत्रमा यो भन्दा पहिले २०१७ सेप्टम्बर १७ मा मिसाईल प्रहार गरेको थियो ।

यसैविच जापानको सुरक्षा परिषदको बैठक शुरु भएको छ । यो हप्ता मात्रै ४ पटक एवं जापानलाई पार गरि प्रशान्त सागरमा मिसाईल खसेपछि त्यसको बारेमा चासो सहित बैठक शुरु भएको बुझिएको छ ।

ताजा समाचार