एनएमबि बैंकको सम्पूर्ण सेवा ओभरसिज रेमिट जापानबाट लिन सकिने, अप्रिल महिनाको सेवा निशुल्क

टोकियो

नेपालको अग्रणी बैंक एनएमबी बैङकको सम्मपूर्ण सेवा जापानबाट नै लिन सकिने भएको छ । जापानमा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गर्दै एनएमबि बैंकले ओभरसिज रेमिट्यान्सका प्रतिनिधि मार्फत बैङकको सबै प्रकारको सेवाहरु उपलब्ध गराउने भएको हो । 

एनएमबि बैंक,जापान रेमिट्यान्स प्रतिनिधि सुनिता देवी खनालका अनुसार, जापानबाट एनएमबि बैंकमा खाता खोल्न, एनएमबी वैंकले प्रदान गर्ने सबै सेवा सहित रेमिटेन्स सेवाहरु जापानबाट लिन सकिने जानकारी दिनुभयो ।

खनालका अनुसार ग्राहकहरुले आफैँले एनएमबि भिडियो एकाउन्ट ओपनिङ् सेवा मार्फत वा जापान प्रतिनिधिको सम्पर्क नम्बरहरु ०८०-७८४७-३०८७/ ०९०-६६४३-४५७७ र ०९०-१०५३-५५७७ मा सम्पर्क गरि सेवा लिन सक्नेछन्। यसका साथै sunita.khanal@nmb.com.np मा इमेल मार्फत पनि सम्पर्क गरि सेवा लिन सकिनेछ ।  एनएमबि बैंक जापान रेमिट्यान्स प्रतिनिधि सुनिता देवी खनाललाई टोकियोको सिनओकुबो स्थित कार्यलयमा भेट्न सकिनेछ । 

यसका साथै, ओभरसिज रेमिट्यान्सले आफ्ना ग्राहक लक्षित नयाँ योजना समेत सार्वजनिक  गरेको छ । ओभरसिज रेमिट मार्फत एनएमबि  बैंकमा पैसा पठाऊँदा  नेपाली नयाँ वर्षको अवसरमा, अप्रिल महिनाभरी सेवाशुल्क लाग्ने छैन ।

थप सेवा र जानकारीका लागि ओभरसिज रेमिट जापानमा सम्पर्क गर्न सकिनेछ ।

ताजा समाचार