Homeखेलकुद

खेलकुद

यूएईसँग नेपाल पराजित, विश्वकप खेल्ने सपना समाप्त

काठमाडौं नेपाल यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसिसी टी-२० विश्वकपमा छनोट हुन असफल भएको छ । ओमानमा जारी आईसीसी टी-२० विश्वकपको छनोटअन्तर्गत सेमिफाइनलमा यूएईसँग ६८...

विस्वकप छनौटमा नेपाल समुह विजेता हुदै नेपाल सेमिफाइनलमा, विश्वकप पुग्न यूएईलाई हराउनुपर्ने 

काठमान्डौ ओमानमा जारी छनोट प्रतियोगितामा समूह विजेताका रुपमा नेपालले सेमिफाइनलमा स्थान बनाएपछि यूएईसँग भिडन्त तय भएको हो । अर्को समूहबाट आयरल्यान्ड विजेता र यूएई उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । सेमिफइनलका विजेता दुई टोली  विश्वकपका लागि छनौट हुने छ । पहिलो ख‍ेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको नेपालले सोमबार भएको समूहको आफ्नोअन्तिम खेलमा क्यानडालाई ८ विकेटल‍े पराजित गरेको हो । नेपालले टस जितेर पहिला ब्याटिङ गरेको क्यानडालाई ८० रनमा समेटेको थियो । क्यानडा १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको हो । सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहरालेसमान २र२ विकेट लिए । कुशल मल्लले एक विकेट हात पारे । ३५ रन जोड्दा १ विकेट मात्र गुमाएको क्यानडाले थप १३ रनमा ८ विकेट गुमाएको थियो । पछिल्लोक्रमका डिलियन हेलिगरले दुईछक्का प्रहार गरेका थिए । क्यानडाले १० औँ विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो । सन्दीपले चार ओभरमा १२ रन खर्चिए । उनले व्यक्तिगत पहिलो ओभरमा ८ रन दिएका थिए । कमलले ३ ओभरमा १६ रन दिए ।अविनाशले ३ ओभरमा ७ रन मात्र दिए । नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।  अविजित रहँदै नेपालका कुशल भुर्तेललले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रनबनाए । नेपालले यूएईसँग मंगलबार प्रतिस्पर्धा गर्ने छ । यसअघि नेपालले एकपटक मात्र टीऔ२० विश्वकप खेलेको छ ।  सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा छनोट भएको थियो ।

फिलिपिन्सविरुद्ध नेपालको शानदार जीत 

काठमान्डौ टी२० विश्वकप छनोट अन्तरगत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १९...

उत्कृष्ट बलिङसँगै ओमानमाथि नेपालको शानदार जित 

काठमाडौं ओमानमा जारी टि–२० विश्वकप क्वालिफायरमा नेपालले सुखद सुरुवात गरेको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित हात...

फुटबल टोलीका पूर्वकप्तान खड्का दोषी ठहर, पाँच हजार जरिवाना 

काठमाडौं विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा नेपाली फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ । बिहीबार न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने