विस्वकप छनौटमा नेपाल समुह विजेता हुदै नेपाल सेमिफाइनलमा, विश्वकप पुग्न यूएईलाई हराउनुपर्ने 

काठमान्डौ

ओमानमा जारी छनोट प्रतियोगितामा समूह विजेताका रुपमा नेपालले सेमिफाइनलमा स्थान बनाएपछि यूएईसँग भिडन्त तय भएको हो ।

अर्को समूहबाट आयरल्यान्ड विजेता र यूएई उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । सेमिफइनलका विजेता दुई टोली  विश्वकपका लागि छनौट हुने छ ।

पहिलो ख‍ेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको नेपालले सोमबार भएको समूहको आफ्नोअन्तिम खेलमा क्यानडालाई ८ विकेटल‍े पराजित गरेको हो ।

नेपालले टस जितेर पहिला ब्याटिङ गरेको क्यानडालाई ८० रनमा समेटेको थियो ।

क्यानडा १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको हो । सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहरालेसमान २र२ विकेट लिए । कुशल मल्लले एक विकेट हात पारे ।

३५ रन जोड्दा १ विकेट मात्र गुमाएको क्यानडाले थप १३ रनमा ८ विकेट गुमाएको थियो । पछिल्लोक्रमका डिलियन हेलिगरले दुईछक्का प्रहार गरेका थिए । क्यानडाले १० औँ विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो ।

सन्दीपले चार ओभरमा १२ रन खर्चिए । उनले व्यक्तिगत पहिलो ओभरमा ८ रन दिएका थिए । कमलले ३ ओभरमा १६ रन दिए ।अविनाशले ३ ओभरमा ७ रन मात्र दिए ।

नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।  अविजित रहँदै नेपालका कुशल भुर्तेललले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रनबनाए । नेपालले यूएईसँग मंगलबार प्रतिस्पर्धा गर्ने छ ।

यसअघि नेपालले एकपटक मात्र टीऔ२० विश्वकप खेलेको छ । 

सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा छनोट भएको थियो ।

ताजा समाचार