काठमाडौँ
रोहित पौडेलको शतकका बाबजुत नेपाल शुक्रबार पपुवा न्यु गिनी (पीएनजी) सँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा ६ रनले पराजित भएको छ । रोहितले १ सय ७...
टोकियो
कतारमा यसबर्ष हुने विश्वकप फुटबलमा जापानले आष्ट्रेलियालाई आफनै होम ग्राउन्डमा पराजित गर्दै विश्वकपमा छनौट हुन सफल भएको छ ।
विहिबार आष्ट्रेलियालाई खेलको अन्तिम ४ मिनेटमा दुई गोल गर्दै जापान विश्वकपमा छनौट हुन सफल भएको हो ।
खेलको दोश्रो हाफमा शब्सिच्यूट भई मैदान छिरेका जापानका काओरु मितोमाले खेलको अन्तिम मिनेटमा मिकि यामानेले मिलाईदिएको बललाई छ यार्डबाट पहिलो गोलमा गर्न सफल भएका थिए ।
बर्षाका विच भईरहेको खेलमा मितोमाले थपिएको समयमा थप १ गोल गरेपछि ४१ हजार आष्ट्रेलियानलाई स्तब्ध पार्दै जापान, सातौपटक विश्वकप छनौट गर्न सफल भएको हो ।
समुह बि बाट जापान सहित साउदी अरेविया पनि छनौट हुन सफल भएको छ ।
विश्वकप छनौटका लागि आष्ट्रेलियाले फेलेअफ खेल्न पाउने छ । एसिया क्षेत्रबाट ४ टिमले सोझै विश्वकप खेल्न पाउछन ।
समुह ए बाट दक्षिण कोरिया र ईरान विश्वकपका लागि छनौट भईसकेको छ ।
काठमाडौं
डिफेन्डिङ च्याम्पियन मछिन्द्रले शनिबार अपराजित रहेर सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ को ट्रफी उचालेको छ । दशरथ रंगशालामा भएको प्रतियोगिताको अन्तिम खेल...