टोकियो
राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर कविता महोत्सवमा आयोजना गरिने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बिहीबार गर्न लागेको कविता महोत्सवका लागि ३५ जना...
काठमाडौं । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत...
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी १०औं महाधिवेशनको सन्दर्भमा भएको धाँधलीको संस्थापन पक्षले सुनुवाइ नगर्दा बाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु परेको निवेदनकर्ताहरूले...
संखुवासभा – संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् ।
प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला...
टोकियो
साहित्यिक चौतारी नेपाल, जापान शाखाले तिज विशेष शुभकामना एवं रचनाबाचन कार्यक्रम आयोजना गरी भव्य रूपमा सम्पन्न गरेकोछ।
साहित्यिक चौतारी नेपाल, जापान शाखाका अध्यक्ष विन्दा पराजुली बरालको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथीनेपाल प्रज्ञा प्रतिष्ठानको सङ्गीत तथा नाट्य विभागका प्राज्ञ हरिदेवी कोइराला र विशिष्ठ अतिथि अन्तराष्ट्रिय नेपाली भाषा साहित्यसमिति (INS) का अध्यक्ष डा. जानुका पौडेल नेपालको उपस्थिति सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल र जापानबाट महिला दिदिवहिनीहरुको उत्साहजनक रूपमा तिज विशेष गीत र रचनाको साथमा साहित्यकारहरूकोभव्य उपस्थिति रहेको थियो। प्राज्ञ हरिदेवी कोइरालाले गीत गाउँदा कार्यक्रम ताली र नाँचले गुञ्जायमान बनेको थियो। विशिष्टअतिथि डा. जानुका पौडेल नेपालले तिजको महत्व र प्रचलनमाथि प्रष्ट पार्नु भएको थियो।कार्यक्रममा आमन्त्रित अतिथिहरूमा नेपालबाट लोकगीत गायिका एवं गजलकार सावित्री गिरी, वरिष्ठ छन्दकवि एवं कुशल कार्यक्रम प्रस्तोता सविता बराल, पौडेलविमुन्स,कल्पना भट्टराई, ओमकुमारी बन्जारा,सुनिता बराल, सुन्दरी घिमिरे खतिवडा, कविता केशरी, रिता पाठक दाहाल, गीता भण्डारीनिरौला, भगवती दवाडी,शान्ति सिग्देल, गृष्मा पौडेल,सिर्जना सरोवर, शोभा दाहाल बराल, सविना रेग्मी, मन कुमारी अंगाई, शुषमापोख्रेल, कमला न्यौपाने, गङ्गा सुवेदी र सोना के. सीले आफ्ना रचना तथा गीतहरू प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा गीता राउत बुढाथोकी, गैर आवसीय नेपाली सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ्, गैरआवासीय नेपाली सङ्कामहिला उपाध्यक्ष सङ्गीता अधिकारी सुवेदी, प्रभा नेपाल र सुलोचना बडालले तिजको शुभकामना व्यक्त गर्नु भएको थियो।सभाध्यक्षविन्दा पराजुली बरालले साहित्यिक चौतारी नेपाल जापान शाखाले आयोजना गरेको तिज विशेष कार्यक्रममा उपस्थित हुनुहुने सहभागीहरू तथा जुम मार्फत संसारबाट यस कार्यक्रमलाई हेरेर साथ दिनुहुने सम्पूर्णमा धन्यवादका साथै तिजको शुभकामना दिनुभएकोथियो। साथै साहित्यिक चौतारी नेपाल जापान शाखाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिवद्धताव्यक्त गर्दै आफ्नो तिज विशेष रचना बाचन गरेर कार्यक्रमको समापन गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन तथा सहजकर्ताको भूमिका यस संस्थाका उपाध्यक्ष सरिता ढकालले निभाउँनु भएको थियो। कार्यक्रममा स्वागतमन्तव्य संस्थाका सदस्य सुजाता शर्मा तथा प्रविधिमा सहयोग साहित्य चौतारी नेपालको इजरायल शाखाका अध्यक्ष नविन यात्रीले गर्नुभएको थियो ।