Homeसमाचार

समाचार

आजबाट जापानमा पूर्णरुपमा अर्घआपतकाल हटाईने । 

टोकियो कोरोना सक्रमण कै विचमा आजबाट जापानमा लागु गरिएको अर्धआपतकाल हटाईने भएको छ । जापान सरकारले कोरोना महामारीसगको लडाईमा भौतिक तयारी, तयारी अवस्थामा रहेको गम्भिर अवस्थाको विरामीको संख्यामा कमि आएको, कोरोनाको तेश्रो डोज खोप लगाईनेको सख्यामा बृद्दी भएको एवं कोरोना संक्रमण घटिरहेको भन्दै आजबाट जापानका सबै प्रान्तहरुमा कायम रहेको अर्धआपतकाल हटाईने तय भएको हो । नयाँ वर्षको चहलपहल र ओमिक्रोन भेरियन्टको संक्रमणका कारण झण्डै सबै जसो प्रान्तहरुमा अर्धआपतकाल लगाउनुपर्ने अवस्थामापुगेको जापानमा, कोरोना संक्रमण घट्दै गएपछि अर्धआपतकाल हटाईने भएको हो । जापान सरकारलेटोकियो, साईतामा तथा खानागावा लगायतका १८ वटा प्रान्तहरुमा अर्धआपतकाल कायम गरेको थियो ।  जनवरी ८ पछि जापानमा कोरोना संक्रमण तिब्र हुन पुगेको थियो। जापान सरकारले बिभिन्न मितिमा बिभिन्न प्रान्तमा अर्धआपतकाल घोषण गरेको थियो । आजबाट राजधानी टोकियो होक्काईदो, आओमोरी, इबाराकी, तोचिगी, गुन्मा, साइतामा, चिबा, कानागावा, इशिकावा, गिफु, शिजुओका, आइची, क्योटो, ओसाका, ह्योगो, कागावा, कुमामोटो मा पनि एकैसाथ अर्घआपतकाल हटाईने निर्णयभएको छ ।

यूएईसँग ४८ रनले हार्‍यो नेपाल 

काठमाडौं आईसीसी विश्वकप लिग टूमा नेपालले युएईसँग ४८ रनको हार ब्यहोरेको छ । १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो । दुवई...

नाबालिग गायिकाबारे यस्तो छ पल शाहको बयान, पल शाहविरूद्धको अभियोगपत्र : १४ वर्षसम्मको कैद सजाय हुनसक्ने

काठमाडौं एक नाबालिगमाथि बलात्कार गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीले बिहीबार जिल्ला अदालतमा अभिनेता पल शाहविरुद्ध अभियोगपत्र दर्ता गरायो । यससँगै शाहमाथि हुन सक्ने...

यस्तो छ निर्वाचन आयोगले बनाएको नयाँ आचार संहिता 

काठमान्डौ निर्वाचन आयोगले आगामी वर्ष हुने निर्वाचनका लागि आचार संहिता तयार पारेको छ। उक्त आचार संहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित भएको छ। आचार संहितामा सरकार, राजनीतिक...

भुकम्प पछि जापानमा शुक्रबार र शनिबार हुने भारी बर्षाबाट सावधानी अपनाउन आग्रह

टोकियो पश्चिम जापानमा शुक्रबार विहानबाट मौषममा आएको परिवर्तनसगै भारी बर्षा हुने अनुमान सहित जापानको मौषम विभागले सचेत रहन आग्रह गरेको छ । बुधबार राति...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने