काठमाडौँ
प्रधानमन्त्री शेर बहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा पौडेल (कोइरालाले) लाई नियुक्त गरेका छन ।
गैरसांसद शर्मालाई बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले मन्त्रीमा नियुक्त गरेकी हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा शर्माले विपक्षमा बहस गरेका थिए । दोस्रो पटक २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघटनमा भने बन्दीले रिट निवेदन लेख्नेदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
यसैगरी कानुन मन्त्रीको जिम्मेवारी पाएको दिलेन्द्र प्रसाद बढुलाई सरकारले बाणिज्य मन्त्रालयको जिम्मेवारी सुम्पेको छ । बढुले पनि आजै सपथ खाएका छन ।
नवनियुक्त मन्त्री शर्मा ससंद पुनःस्थापना भई देउवाको नेतृत्वमा सरकार गठन भएपछि एमाले विभाजन भएको थियो । त्यसपछि गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट उनी लागेका थिए । देउवा प्रधानमन्त्री भएदेखि नै शर्मा मन्त्री बन्ने चर्चा चलेको थियो ।