एजेन्सीहरु
यही वर्ष नोभेम्बरदेखि कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको समूह चरणको ड्र सार्वजनिक भएको छ।
फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर 'ड्र' गरेको...
टोकियो
बाटो बिराएर घर जान नसकेको एक वृद्धलाई घर सम्म पुर्याई दिएका दुई नेपाली बिद्यार्थीलाई गुन्मा प्रहरीले कदर-पत्र प्रदान गर्दैसम्मनित गरेको छ ।
गुन्मा केनको मायबासी प्रहरी प्रमुख मासोओ तामुरोले १५ बर्षिय सुदिप गिरी र १६ बर्षिय उत्सब गिरीलाई कदरपत्र सहित सम्मानितगरिएको हो ।
समाचारमा जनाए अनुसार गिरी दाजूभाईले ति वृद्धलाई ५ किलोमिटरको बाटो ३ घण्टा लगाएर दुई नेपालीले तिमहिलालाई घर सम्मै पुर्याईदिएका थिए |
प्रहरीले बाटो बिराएका वृद्धको परिचय गोप्य राखेको छ ।
काठमाडौं
चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी भेटिएका छन् ।
काठमाडौं र भक्तपुरको परीक्षा क्षेत्रबाट प्रहरीले पाँचजनालाई पक्राउ गरिएको महानगरीय...
टोकियो
राप्रपा निकट प्रवासी नेपाली संगठन (ओनो ) जापानको
अध्यक्षमा नविन चन्द चयन भएका छन ।
नेपाल हिन्दु राष्ट्र र राजसंस्था हुनु पर्ने मुख्य एजेण्ड सहित राप्रपा केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि राप्रपाको प्रवासकमिटिमा पनि मनोनित र कार्यसमिति निर्माणमा तिब्रता आएको छ ।
ओनो संरक्षक रघुदीप खड्काको उपस्थितिमा टोकियोमा सम्पन्न बैठकले नयॅा समितिलाई चयन गरेको हो । ओनो जापानको वरिष्ठ उपाध्यक्षमा सुशीलवीर जबरा, उपाध्यक्ष लक्ष्मण ढकाल, महासचिव खगेन्द्र चापागाईँ र सचिव आशीष भुजेल चयनभएका छन् भने विशाल विक्रम शाही, ललित ऐर, निराजन चन्द, राज चन्द र चिरञ्जीवी पाठक ओनो जापानको कार्यसमिति सदस्यमाचयन भएका छन ।
यसैगरी ओनो जापानको संरक्षक एवं सल्लाहकारमा रघुदीप खड्का एवं कलेन्द्रविक्रम शाही रहेका छन् ।
अध्यक्षको जिम्मेवारी प्राप्त गरेपछि अध्यक्ष चन्दले राप्रपामा भएको पुस्तान्तरण पछि राप्रपामा नयॅा जोश देखिएको बताउनु भयो ।
नयाँ नेतृत्वमा आएका राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको राष्ट्रिय राजनीतिमा अझै महत्त्वपूर्ण भूमिका हुने उनले बताए ।लिङ्देनले नेतृत्व लिएपछि देश तथा विदेशमा रहेका हजारौं राष्ट्रवादी नागरिकहरूमा उत्साह र आशा पलाएको ओनो जापानको दाबी गरेको छ ।
पोखरा
पोखरा महानगरले फेवाताल अतिक्रमण जोगाउने गरी आधाभन्दा बढी मापदण्ड घटाएको छ।
यसअघि तोकिएको भन्दा ३५ मिटर घटाएर महानगरले नयाँ मापदण्ड ३० मिटर जारी गरेको हो।...