Homeसमाचार

समाचार

आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन: प्रम प्रचण्ड

आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष पूरा भएको संयोग र अवसर...

जापानमा रहेका गुरुङहरुले जनवरी ४ मा लोक दोहोरी गायिका सविना गुरुङको उपस्थितीमा ल्होसार मनाउने, तयारी तिब्र 

टोकियो जापानमा स्थापना भएको पुरानो सस्था तमु धीं जापानले गुरुङ समुदायको नयाँ बर्ष (ल्होसार) जनवरी ४ तारिक टोकियोमा मनाउने भएको छ । ल्होसारको २९ औं श्रृखलामा लोकदोहोरी गायिका सविना गुरुङ तथा चलचित्र कलाकार बल बहादुर गुरुङको उपस्थितीमा यस बर्षकोल्होसार मनाउने तमूधीं जापानका अध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिनुभयो ।  विरालो वर्गको विदाई र गिद्ध वर्गको स्वागतमा मनाईने ल्होसार तमु धीं जापानले ४ जनवरी २०२४ विहिबारको दिन दिउसो २ बजेबाट  वेलुका ७ बजे सम्म ओन्सी पार्क उएनोमा आयोजन हुने ल्होसार सांझमा जापानमा रहेका कलकारहरुबाट गुरुङ संस्कार र गुरुङसंस्कृतिका विभिन्न झाँकी, छ्याढु, घाँटु सहित २९ औं तमु ल्होसार मनाउन लागेको कार्यक्रम संयोजक तथा उपाध्यक्ष अनिला तमुलेजानकारी दिनुभयो । जापानमा गुरुङ जातिको संस्कार र संस्कृतिलाई दोश्रो पुस्तासम्म लैजाने अभियान स्वरूप तमु धीं जापानले हरेक बर्ष ल्होसार, रोंधीसाँझ जस्ता गुरुङ जातिको मौलिक पर्वहरु निरन्तर मनाउदै आइरहेको छ । विगत केहि बर्षदेखि तमु धीं जापानले श्रष्ट सम्मान गर्दैआईरहेको क्रमलाई निरनतरता दिंदै यसपटक तमु हास्य कलकार बल बहादुर तमुलाई सम्मान गर्ने भएको छ । र सम्मान ग्रहणको लागितमु धीं जापानले बल बहादुर तमुलाई निमन्त्रण गरिसकेको महासचिव खेम तमुले जानकारी दिनुभयो ।   आउदै गरेको तमुहरुको महान पर्व ल्होसारको अवसरमा तमुधींले आयोजना गरेको ल्होसार कार्यक्रममा उपस्थित भई सहभागिताजनाईदिन तमूधी जापानले सबैमा अनुरोध गरेको छ ।  (गुरुङ(तमू) हरुको २९ औ ल्होसार सांझको निष्पक्षन्यूज मिडिया सहयात्री रहेको छ )

समुन्द्रको किनारमा नेपाल चिनाउन नेपाल फेस्टिवल आयोजना गर्दै

टोकियो नेपाल चिनाउने उद्देश्यले जापानमा नेपाल फेस्टिवलको आयोजना हुने भएको छ । समुन्द्री किनारमा अवस्थित खानागावा प्रान्तको योकोसुका नगरमा नेपाल फेस्टिवल आयोजना गरिने आयोजकले...

भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते

काठमाडौँ — भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक...

६.४ म्याग्निच्युडको भूकम्प जादा जाजरकोट र रूकुम पश्चिममा गरी ६४ जनाको मृत्यु : प्रहरी

काठमान्डौ जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ६४ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालका अनुसार आज बिहान ५ बजेसम्मको...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने