टोकियो
मंगलबार जापानको टोकियोमा कोरोना संक्रमणको सख्या ५ हजार पार गरेको छ ।
तेश्रो लहरको रुपमा हेरिएको यो लहरले साच्चैको महाविपत्ती निम्ताउन सक्ने अनुमान गरिएको छ...
टोकियो
जापानमा निरंतर कोरोना संक्रमण बढेपछि टोकियो सहित नौ प्रान्तमा अर्धआपतकाल लगाउने तयारी थलिएको समाचार छ ।
कोरोना सोचे भन्दा बढीमा कोरोना संक्रमण देखिएको भन्दै...
टोकियो
नयॅा बर्ष २०२२ को आगमनसगै जापानमा सक्रिय पर्वत समाज, जापानको आयोजनमा आईतबार शुभकामना आदन प्रदान सहितचियापान कार्यक्रम सम्पन्न भएको छ ।
गैरआवसिय नेपाली संघ(एनआरएन)जापान का अध्यक्ष शिव प्रसाद पौडेलको प्रमुख आतिथ्यतता सम्पन्न कार्यक्रममा पर्वत समाजजापानका सल्लाहकार एवं एनआरएन जापान पूर्व अध्यक्ष ओम गुरुङ, एनआरएन आईसिसि सदस्य एवं ब्यवसायी संघ जापानका वरिष्टउपाध्यक्ष दघिवल खडका, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष एवं पर्वत समाज जापानका सल्लाहरकार मोहन घले, एनआरएनजापानका महासचिव सिद्दार्थ श्रेष्ठ, अर्घाखाची समाज जापानका अध्यक्ष दिपक थापा, प्रवासी नेपाली मंचका कुलचन्द्र खरेललगायतका वक्ताहरुले नयॅा बर्षको शुभकामना सहित पर्वत समाज जापानले खेलेको भूमिका एवं जापानमा सघ सस्थाको महत्वकाबारेमा वक्ताहरुले बोलेका थिए ।
पर्वत समाज, जापानका अध्यक्ष जनक सुवेदीको अध्यक्षतमा भएको कार्यक्रममा पर्वतबाट जापान आई सामाजिक क्षेत्रमा पहिचानबनाउन सफल पॅाच
६ जनालाई सम्मान
आईतबार सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ, जापानका अध्यक्ष मोहन घले, अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ, जापानका अध्यक्ष सुजन जोशि, अनेसास जापानका अध्यक्ष रविन शर्मा, त्यसैगरी एनआरएन जापानका प्रवक्ता सुभाष लामिछाने, एनआरएन चिवा प्रान्त संयोजक मुक्ति रेग्मीलाई सम्मान गरिएको थियो ।
पर्वत समाज, जापान २००९ मा स्थापना भई जापानमा क्रियाशिल रहेको छ ।
टोकियो
प्रशान्त महासगारको ट्ङगो ज्वालामुखी विष्फोट भएपछि जापानको पूर्वि उत्तरको अधिकास क्षेत्रमा सुनामिको चेतवानी सहित उक्त क्षेत्रको मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
जनवरी १५...
टोकियो
नयॅा बर्षमा साथिहरुसगै बसेर रमाईलो गरेको अवस्थामा आफ्नै साथिले धॅाटी थिची हत्या गरेका २३ बर्षिय सुजन बर्सिलाको अत्येष्टी शनिबार फुकुओकामा सम्पन्न भएको छ ।
तिन बर्ष अघि जापानिज भाषा अध्ययनका लागि जापानको फुकुओका आएका गोर्खा १३ देउराली घर भई हिगासी फुकुओकामा बस्ने २३बर्षिय सुजन बर्सिलाको आफ्नै साथिहरुले जनवरी ७ तारिख मध्यरातमा हत्या गरेका थिए ।
जापानमा रहेका बर्सिलाका आफन्त माधव सिग्देलले दिएको जानकारी अनुसार बर्सिलाको श्वास्वप्रस्वासमा समस्या भएका कारण मृत्यूभएको र यो मृत्यू सामान्य मृत्यू नभएको पोष्टमार्टम रिपोर्टमा उल्लेख गरेको जानकारी दिनुभयो । उहॅाले जापान सरकारले हत्याकोअभियोगमा जापान प्रहरीले सत्य, तथ्य र जापानको कानुन अनुसारको सजय नै बर्सिला परिवारको ईच्छा रहेको जानकारी दिनुभयो ।
शिवहरी बसिलाका एक मात्र छोरा सुजन नेपालबाट नै छिट्टै साथि बनाउन सक्ने स्वाभवका थिए, उनि फुकुओकामा धेरै युवाले चिन्ने नेपाली युवामा पर्ने गर्दथे , साथिहरुसग बस्ने, घुम्न मन पराउने सुजन अन्ततआफ्नै साथिको हातबाट मारिन पुगे । सुजन बर्सिला परिवारको एकमात्र छोरा हुन, सुजनका एक बहिनी पनि छन ।
आईतबार जापानको फुकुओकामा सम्पन्न अत्येष्टीमा नेपाली राजदूतबासको तर्फबाट दिपक देवकोटा, सुजनका आफन्त माधवसिग्देल, सुजन अध्ययन गर्ने विद्यालयका प्रन्सिपल, एनआरएन क्युस्युका संयोजक अर्जुन बगाले, धर्म अधिकारी, हस्त लामा, भिमगुरुङ,माधव सिग्देल, किरण बर्मा, सुलब दवाडी,प्रकाश लामिछाने, पुरुषोत्तम सिग्देल, विष्णु त्रिपाठी,राजन खरेल लगायतकाब्यक्तिहरुको उपस्थितीमा अन्तिम क्रिया सम्पन्न भएको हो ।
मृतक सुजन ३ बर्ष अघि जापानिज भाषा विद्यार्थीका रुपमा जापानको फुकुओका आएका थिए ।
दुई नेपाली युवा प्रहरी हिरासतमा
नयॅा बर्षको रमाईलो गर्न र पुरानो साथिहरु सगै बसेर खानपिन गर्न बसेका...