Homeअपराध

अपराध

जापानको फुकुओकामा नेपाली विद्यार्थी सुजन बर्सिलाको आफ्नै साथिबाट घाटी अठ्याई हत्या ।

टोकियो  दुई बर्ष अघि जापानिज भाषा अध्ययनका लागि जापानको फुकुओका आएका गोर्खा १३ देउराली घर भई हिगासी फुकुओकामा बस्ने २३बर्षिय सुजन बर्सिलाको हत्या पुष्टी भएको छ ।  जनवरी सात तारिक राति आफनै कोठामा हत्या भएको जापान प्रहरीले जानकारी दिएको हो । कोठामा सगै बस्ने ढकाल थरका युवा रदर्लामि मगर थर भएका युवाले कुटपिट पछि घाटी अठ्यार हत्या गरेको पोष्टमार्टम रिपोर्ट प्राप्त भएको पारिवारिक श्रोतले निष्पक्षन्यूजलाई जानकारी दिएको हो । जापानको याहु न्यूज र एनएचके अनलाईको न्यूज अनुसार तिन जना सगै बसि मादक प्रदार्थ सेवन गरेकोमा, तिन जनामा झगडा भएकोहुन सक्ने मृतक बर्सिलाको पोष्टमार्टम रिपोर्टमा बताईएको छ । मृतक सुजनको अनुहार सहित शरिरमा गम्भिर चोट लागेको, अनुहारसुनिएको एवं घाटीमा पनि गम्भिर दाग रहेको बताईएको छ ।  बर्सिलाको मृत्यू श्वासप्रस्वासमा अवरोध भएको कारणले भएको पोष्टमार्टममा उल्लेख गरिएको छ ।  जनवरी ७ तारिक बर्सिलाको कोठामा सगै मदिरा पिउन सोहि कोठामा बस्ने ढकाल थरका युवा र कुमामोतो बस्ने दर्लामी मगर थरकायुवालाई बर्सिलाले नै बोलाएको बुझिएको छ । त्यसराति सगै रमाईलो गरिरहेको साथिहरुका विच के कति कारणले हत्या सम्म पुग्यौत्यसको अनुसन्धन जापान प्रहरीले जारी राखेको छ । मृतक बर्सिला र ढकाल थरका युवा हिगासी फुकुओकामा बसेका थिएभने बर्सिला साकुरा निहोन गोक्कोमा अध्यन गर्ने गर्दथे ।  बर्सिलाको अन्तिम संस्कार जापानमा नै गरिने  फुकुओकामा हत्या भएका २३ बर्षिय सुजन बर्सिलाको शवलाई जापानमा नै अन्तेष्टी गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।पोष्टमार्ष्टम सकिए पछि प्रहरीले जापानमा रहेका सुजनका आफन्तलाई अन्तिम काजकार्यगर्न अनुरोध गरेको हो । गोर्खा समाज जापानका अध्यक्ष सिएम भट्टराईले परिवारको सल्लाहमा सबै सहयोग गर्न सहयोग समिति बनाई काम शुरु गरिएको जानकारी दिनु भएको छ । जनवरी ११ तारिकमा जापान प्रहरीले पोष्टमार्ष्टम लगायतका कार्य सकिएको भन्दै शवको अन्तिम कार्य गर्न पत्रचार गरेको थियो ।नेपालमा रहेका परिवारले शवलाई नेपाल नै पठाउन अनुरोध गरेकोमा कोरोना लगायतका समस्याका कारण जापानमा नै अन्तिम कार्यगरिने सुजनाका आफन्तले जानकारी दिएका छन । 

जापानको फुकुओकामा नेपाली विद्यार्थीको हत्या, हत्याको आरोपमा दुई नेपाली पनि पक्राउ

टोकियो जापानको फुकुओकामा नेपाली विद्यार्थीको हत्या भएको छ । विद्यार्थी भिषामा अध्ययनका लागि तिन बर्ष अधि जापानको फुकुओकामा जापानिज भाषा विद्यार्थीका रुपमा आएका नेपाल गोर्खा घर...

भूपेन्द्र हत्या प्रकरण : दुई किलोमिटर लखेटेर गरिएको थियो आक्रमण

कैलाली कार्तिक २७ गते कैलालीको टीकापुरमा २३ वर्षिय भूपेन्द्र बडुवालको हत्या भयो । प्रहरीका अनुसार ग्याङ फाइटका क्रममा दुई किलोमिटरसम्म लखेटेर उनीमाथि आक्रमण भएको...

जग्गाको नक्कली पूर्जा बनाएर १९ करोड ऋण

काठमाडौं गायक यागेश्वर अमात्यको नक्कली धनी पूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण प्रवाह भएको भेटिएको छ । गायक को बारामा रहेको...

सामूहिक बलात्कारको आरोपमा तीन युवक पक्राउ

बेनी : म्याग्दीको बेनी-५ पुलाचौरमा सामूहिक बलात्कार गरेर फरार भएका तीन जना आरोपी २० दिनपछि पक्राउ परेका छन्। कात्तिक २ गते एक महिलालाई बलात्कार गरेर...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने