पल शाहलाई सात दिन हिरासतमा राख्न तनहुँ अदालतको अनुमति 

तनहुँ

जबरजस्ती करणीको आरोप लागेका नायक पल शाह (पुर्णर्विक्रम शाह)विरुद्ध प्रहरीले तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

आइतबार दिउँसो करिव १२ बजेतिर स्वयं जिल्ला प्रहरी कार्यलयमा हाजिर भएका शाहलाई प्रहरीले ३ः३० बजे अदालत पुर्‍याएको थियो । 

घटना सम्बन्धमा अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला अदालतबाट सात दिनको म्याद थप भई आएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । उनले भने, ‘सात दिनको म्याद थपिएको छ । हिरासतमा राखेर अनुसन्धन अगाडि बढाउँछौं ।’

यस्तै अभिनेता शाहविरुद्ध आइतबार एक युवतीले गैंडाकोटस्थित प्रहरी कार्यालयमा पनि उजुरी दर्ताभएको छ ।

ताजा समाचार