आईतबार साझ करिब आठ बजे टोकियोमा संचालन हुने क्योईलाईनमा २० वर्षिय युवाले चलिरहेको ट्रेन भित्र अन्धधुन्दा छुरा प्रहारगर्दा ६ जना यात्रु घाईते भएको समाचार...
टोकियो
निर्वाचन र प्रतिनिधि छनौटमा विबाद बढेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन अनिश्चितभएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पुन: पत्र लेखेपछि संघको महाधिवेशन अनिश्चित मात्रै होइन विवाद झनै जटिल मोडमा पुगेको हो।
परराष्ट्रले पत्रमा ६५% महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्वअभ्यास अनुसारगर्ने भनी उल्लेख गरेको छ । अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले पनि पूर्वअभ्यास अनुसार नै हुनुपर्ने माग राख्दै परराष्ट्रमा उजुरीदिएको थियो।
तर संघका महासचिव डा. हेमराज शर्माले परराष्ट्र मन्त्रालयको भनाइमा सत्यता नरहेको बताए । ‘विधानको अनुसूची ६(क) मा उल्लेखगरिएको छ । प्राथमिकताको सूचीमा रहेका व्यक्तिहरूले (अर्थात ६५% मा पर्ने योग्यता भएका व्यक्तिहरूले) ले राष्ट्रिय समन्वयपरिषद्को निर्वाचन पूर्व तोकिएको प्रणालीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ’ महासचिव शर्माले भने, ‘राष्ट्रिय समन्वय परिषदकोनिर्वाचन पूर्व’ कुन कार्यसमिति हुन्छ भन्ने उल्लेख गर्नु पर्दैन । निर्वाचनभन्दा पहिले पुरानो कार्यसमिति नै अस्थित्वमा रहेको हुन्छ ।’
उनले नयाँ कार्यसमितिले ६५% प्रतिनिधि छान्न पाउनु पर्छ भन्ने परराष्ट्रको तर्क विधान विपरित रहेको बताए। एनसीसीहरूलाई सदर गर्नेवा बदर गर्नेबारे अन्यौलता
परराष्ट्रको पत्रपछि प्राविधिकरुपमा जुलाईमा निर्वाचन हुन नसकेका एनसीसीहरूलाई सदर गर्ने वा बदर गर्नेबारे पनि प्रश्न उठेको छ ।एनसीसीको महाधिवेशन अनिवार्य रुपमा जुलाई १-३१ तारिखसम्म सम्पन्न हुनु पर्ने भन्दै परराष्ट्रले पत्रमा उल्लेख गरेपछि संघमा थपजटिलता देखिएको हो ।
अमेरिका, युके, पोर्चुगल, फ्रान्स, साइप्रस, डेनमार्क, ओमानलगायतका एनसीसीहरूको निर्वाचन जुलाइभन्दा पहिले वा पछि गरी सम्पन्नभएका छन् । यी देशहरुमा पुन: निर्वाचन गर्ने वा बदर गर्नेबारे अन्यौलता सिर्जना भएको छ। एनआरएनए स्रोतका अनुसार परराष्ट्रलेपत्रमा बदर वा पुन: निर्वाचनबारे केहि खुलाइएको छैन।
एनसीसीको महाधिवेशन अनिवार्य रुपमा जुलाई १-३१ तारिखसम्म सम्पन्न हुनु पर्ने र महाधिवेशन प्रतिनिधिहरुको विवरण अगष्ट १५सम्म सचिवालयमा पठाउनु पर्ने भन्दै परराष्ट्रले पत्रमा उल्लेख गरेको छ।
‘समय पहिले वा पछि निर्वाचन भएका देशहरुमा या त पुन: निर्वाचन हुनुपर्यो वा बदर हुनुपर्यो । यसले झनै एनआरएनए विवाद जटिलमोडमा पुगेको छ,’ महासचिव डा. शर्माले भने।
परराष्ट्रले विधार्थीहरु सदस्य भएका एनसीसीहरुमा पुनरावलोकन गर्नुपर्ने पनि पत्रमा उल्लेख गरेको छ।
जापानको विषयमा थप अन्यौलता-
जापानमा निर्वाचनमा धादली भएको प्रमाण सहित निवेदन भएपनि जापानका विषयमा परराष्ट्रको पत्र मौन देखिएको छ । जापानको हकमा विधार्थीहरुले मतदान...
काठमाडौं । नेपालमा बिहिबार१ हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार...
काठमाडौं । नेकपा एमालेले ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा यही असोज १५–१७ मा आयोजना गरेको प्रथम विधान महाधिवेशनको तयारी पूर्ण भएको छ ।
नेकपा माओवादी...