आईतबार साझ करिब आठ बजे टोकियोमा संचालन हुने क्योईलाईनमा २० वर्षिय युवाले चलिरहेको ट्रेन भित्र अन्धधुन्दा छुरा प्रहारगर्दा ६ जना यात्रु घाईते भएको समाचार छ ।
टोकियोको चोफु स्टेसनबाट कोकोरयौ स्टेशन तर्फ जादै गरेको ट्रेनमा ति युवाले अन्धाधुन्दा छुरा प्रहार गरेकाथिए । छुरा प्रहारबाट कम्तिमा पनि १० जना घाईते भएका मध्ये एक जना सिरियस भएको एनएचकेले जानकारी दिएको छ ।
चलिरहेको ट्रेनमा छुरा प्रहार गर्नु भन्दा पहिला ति युवाले होईड्रो क्लोरिक एसिड पोखाएर आगो लगाउने प्रयास गरेको बुझिएको छ । धटना भएपछि क्योलाईको डिब्बाबाट यात्रुहरुलाई उद्दार गरिएको थियो ।
प्रत्यक्षदर्शिका अनुसार घाईतेहरुको सख्यामा बृद्दी हुनसक्ने समाचार छ । केहि हप्ता अघि पनि क्योईलाईनमा नै एक युवाले छुरा प्रहार गरेका थिए ।
तर आज भएको धटनाको कारण भने स्पष्ट भईसकेको छैन ।
टोकियोको चोफु नजिक चलिरहेको ट्रेनमा छुरा प्रहारबाट कम्तिमा ६ जना धाईते ।
https://www.facebook.com/108602848102472/posts/186099747019448/?d=n