सम्पर्कविहीन एयर पाइलट प्रभाकर घिमिरेले चलाएका थिए 

पोखरा ।

पोखराबाट जोमसोम उडेको तारा एयरको सम्पर्कविहीन भएको छ । पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा उडेकाे तारा एयर विमान सम्पर्कविहीन भएको हो ।

विमान मुस्ताङको टुकुचेबाट सम्पर्कविहीन भएको तारा एयरका पोखरा प्रमुख राम लामिछानेले बताए । उनका अनुसार विहान ९ बजेर ५५ मिनेटम उडेका विमान मुस्ताङको टुकुचेबाट सम्पर्कविहीन भएको हो । १९ जना यात्रु लिएर पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । पोखराबाट जोमसोम १६ मिनेटमा पुग्नेभएपनि १ घण्टादेखि सम्पर्क विहीन भएको उनले बताए । एयरको खोजविहीन भएको छ ।


विमान प्रभाकर घिमिरले चलाएका थिए । उनी इन्ट्रक्चर पाइलट हुन । २५ वर्षदेखि उनले प्लेन उडाउर्दै आएका थिए ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । 

ताजा समाचार