निष्पक्ष न्युज

3237 POSTS
0 COMMENTS

एमालेले ब्युँतायो एकतापूर्वको कमिटी

काठमाडौँ सर्वोच्च अदालत र पार्टीभित्रको असन्तुष्ट समूहले समेत वैधानिकतामा प्रश्न खडा गरेपछि एमालेले महाधिवेशन आयोजक कमिटी भंग गर्दै माओवादी केन्द्रसँग एकता हुनुअघिका पदाधिकारीहरूसहितको...

इंग्ल्यान्डको ऐतिहासिक जित, यस्तो छ क्वाटर फाईनलको समिकरण

लन्डन  इंग्ल्यान्डले मंगलबार युरो २०२० मा जर्मनीमाथि २–० को ऐतिहासिक जित निकालेर क्वार्टरफाइनल यात्रा तय गरेको छ । ठूलाप्रतियोगितामा यी दुई टिम भिड्दा पछिल्लो समय जर्मनीको प्रभुत्व रहँदै आएकोमा इंग्ल्यान्डले अहिले यो सम्झनलायक जित निकालेकोहो । दोस्रो हाफमा गरेको दुई गोलमा इंग्ल्यान्डले वेम्बलीमा जर्मन चुनौती समाप्त पारेको हो । नकआउट चरणमा गेराथ साउथगेटको इंग्ल्यान्डले आफ्नो परम्परागत प्रतिद्वन्द्वीलाई हराएको यो ५५ वर्षयता पहिलो पल्ट हो । यसकालागि वेम्बलीमा उपस्थिति ४० हजार दर्शक साक्षी बने । सन् १९६६ को विश्वकप फाइनलपछि इंग्ल्यान्डले पहिलो पल्ट जर्मनीलाई ठूलोप्रतियोगिताको नकआउट चरणमा हराएको हो । यो नै इंग्ल्यान्डले हात पारेको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो । इंग्ल्यान्डका लागि पहिलो गोल म्यानचेस्टर सिटीका खेलाडी रहिम स्टर्लिङले ७५ औं मिनेटमा गरे र यो उनको प्रतियोगितामा तेस्रोव्यक्तिगत गोल रह्यो । लुका सको पासमा स्टर्लिङले आफैले बुनेको आक्रमणमा गोल गरे । इंग्ल्यान्डका लागि ठूला प्रतियोगितामासुरुवाति तीनै गोल एक्लै गर्ने उनी दोस्रो खेलाडी हुन् । यसअघि सन् १९८६ मा ग्यारी लिनेकरले इंग्ल्यान्डको सुरुवाति तीन गोल गरेकाथिए । कप्तान ह्यारी केनले ८६औं मिनेटमा हेडबाट दोस्रो गोल थपे र इंग्ल्यान्डको जित निश्चित गरे । प्रतियोगितामा उनको यो यो पहिलो गोलहो र यससँगै उनले आफ्नो व्यक्तिगत गोल खडेरीलाई तोडेका छन् । सब्स्टिच्युट ज्याक ग्रेलिसको क्रसममा केनले बलालई पोस्टकादिशा दिए । त्यसको चार मिनेट अगाडि मात्र थमस मुलर जर्मनीका लागि बराबरी गोल फर्काउने निश्चित अवसरमा चुकेका थिए । इंग्लिस गोलरक्षक जोर्डन पिकफोर्डविरुद्ध ‘वान टु वान’ स्थितिमा मुलरको प्रहार बाहिरिएको हो । यसैक्रममा इंग्ल्यान्ड युरो इतिहासमासुरुवाति चार खेलमा कुनै गोल नखाने दोस्रो टिम पनि भएको छ । सन् २०१६ मा संयोगले यस्तै बलियो रक्षापंक्तिको नमुना पेस गरेकाथिए । सन् १९६६ को विश्वकपमा पनि इंग्ल्यान्डले सुरुका आफ्ना चार खेलमा कुनै गोल खाएको थिएन । यो खेलको समाप्तीसगै युरो २०२० को अन्तिम १६ का खेल मंगलबार टुंगिएका छ । यससँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरणपूरा भएको छ । प्रतियोगिताको अन्तिम आठमा बेल्जियम र इटाली तथा स्विटरल्यान्ड र स्पेन भिड्नेछन्  यस्तै अन्तिम आठका अन्य खेल युक्रेन र इंग्ल्यान्ड तथा चेक गणतन्त्र र डेनमार्कबीच हुनेछन् । अन्तिम १६ को चरणबाट डिफेन्डिङ च्याम्पियन पोर्चुगल र विश्वकप विजेता फ्रान्स दुवै बाहिरिएका छन् । प्री–क्वार्टरफाइनलमा एकखेल टाइब्रेकरमा गएको थियो भने तीन खेलको निर्णय अतिरिक्त समयबाट भएको थियो

निधि,कोईराला र सिहले सयुक्त काग्रेस केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने सहमति

काठमाडौं नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले अब केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन् । यो साता तीन नेताले पालैपालो एकअर्काको...

एमालेको बैठकमा माधव नेपालसहित ११ नेताबाहेक अरुलाई निम्ता

काठमाडौं नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ । बुधबार विहान ११ बजे बस्ने...

महिला भलिबल टोलीको व्यवस्थापकबाट मास्केको राजीनामा

काठमाडौं  फिलिपिन्समा दुई महिनापछि हुने एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीको व्यवस्थापकबाट निरोज मास्केले राजीनामा दिएकी छन् । असार १ देखि टोलीको प्रशिक्षणका लागि...

निष्पक्ष न्युज

3237 POSTS
0 COMMENTS