इंग्ल्यान्डको ऐतिहासिक जित, यस्तो छ क्वाटर फाईनलको समिकरण

लन्डन 

इंग्ल्यान्डले मंगलबार युरो २०२० मा जर्मनीमाथि २–० को ऐतिहासिक जित निकालेर क्वार्टरफाइनल यात्रा तय गरेको छ । ठूलाप्रतियोगितामा यी दुई टिम भिड्दा पछिल्लो समय जर्मनीको प्रभुत्व रहँदै आएकोमा इंग्ल्यान्डले अहिले यो सम्झनलायक जित निकालेकोहो । दोस्रो हाफमा गरेको दुई गोलमा इंग्ल्यान्डले वेम्बलीमा जर्मन चुनौती समाप्त पारेको हो ।

नकआउट चरणमा गेराथ साउथगेटको इंग्ल्यान्डले आफ्नो परम्परागत प्रतिद्वन्द्वीलाई हराएको यो ५५ वर्षयता पहिलो पल्ट हो । यसकालागि वेम्बलीमा उपस्थिति ४० हजार दर्शक साक्षी बने । सन् १९६६ को विश्वकप फाइनलपछि इंग्ल्यान्डले पहिलो पल्ट जर्मनीलाई ठूलोप्रतियोगिताको नकआउट चरणमा हराएको हो । यो नै इंग्ल्यान्डले हात पारेको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो ।

इंग्ल्यान्डका लागि पहिलो गोल म्यानचेस्टर सिटीका खेलाडी रहिम स्टर्लिङले ७५ औं मिनेटमा गरे र यो उनको प्रतियोगितामा तेस्रोव्यक्तिगत गोल रह्यो । लुका सको पासमा स्टर्लिङले आफैले बुनेको आक्रमणमा गोल गरे । इंग्ल्यान्डका लागि ठूला प्रतियोगितामासुरुवाति तीनै गोल एक्लै गर्ने उनी दोस्रो खेलाडी हुन् । यसअघि सन् १९८६ मा ग्यारी लिनेकरले इंग्ल्यान्डको सुरुवाति तीन गोल गरेकाथिए ।

कप्तान ह्यारी केनले ८६औं मिनेटमा हेडबाट दोस्रो गोल थपे र इंग्ल्यान्डको जित निश्चित गरे । प्रतियोगितामा उनको यो यो पहिलो गोलहो र यससँगै उनले आफ्नो व्यक्तिगत गोल खडेरीलाई तोडेका छन् । सब्स्टिच्युट ज्याक ग्रेलिसको क्रसममा केनले बलालई पोस्टकादिशा दिए । त्यसको चार मिनेट अगाडि मात्र थमस मुलर जर्मनीका लागि बराबरी गोल फर्काउने निश्चित अवसरमा चुकेका थिए ।

इंग्लिस गोलरक्षक जोर्डन पिकफोर्डविरुद्ध ‘वान टु वान’ स्थितिमा मुलरको प्रहार बाहिरिएको हो । यसैक्रममा इंग्ल्यान्ड युरो इतिहासमासुरुवाति चार खेलमा कुनै गोल नखाने दोस्रो टिम पनि भएको छ । सन् २०१६ मा संयोगले यस्तै बलियो रक्षापंक्तिको नमुना पेस गरेकाथिए । सन् १९६६ को विश्वकपमा पनि इंग्ल्यान्डले सुरुका आफ्ना चार खेलमा कुनै गोल खाएको थिएन ।

यो खेलको समाप्तीसगै युरो २०२० को अन्तिम १६ का खेल मंगलबार टुंगिएका छ । यससँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरणपूरा भएको छ । प्रतियोगिताको अन्तिम आठमा बेल्जियम र इटाली तथा स्विटरल्यान्ड र स्पेन भिड्नेछन् 

यस्तै अन्तिम आठका अन्य खेल युक्रेन र इंग्ल्यान्ड तथा चेक गणतन्त्र र डेनमार्कबीच हुनेछन् ।

अन्तिम १६ को चरणबाट डिफेन्डिङ च्याम्पियन पोर्चुगल र विश्वकप विजेता फ्रान्स दुवै बाहिरिएका छन् । प्री–क्वार्टरफाइनलमा एकखेल टाइब्रेकरमा गएको थियो भने तीन खेलको निर्णय अतिरिक्त समयबाट भएको थियो

ताजा समाचार