जापानको पांच शहरमा नायक प्रदिप खडका सहित चलचित्र ‘एक्टर’ प्रर्दशन हुने

टोकियो

माघ १६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर : वान टेक’ जापानको टोकियो सहित पांच शहरमा प्रर्दशन हुने भएको छ ।

जापानमा फिल्म ‘एक्टर टेक वान’को जापान रिलिजका लागि नायक प्रदीप खड्का जापान आउने फिल्मको जापान वितरक सचिन आचार्यले जानकारी दिएका हुन, नायक प्रदिप आगामी फेब्रुअरी ५ तारिख बुधबार टोकियोको नाकानो जेरो हलमा फिल्मको जापान पहिलो शो हुनेछभने प्रदिप टोकियो रिलिजपछि ८ तारिख प्रदिपसहित फ़ुकुओका, ९ फेब्रुअरीको दिन नागोया शो १० फेब्रुअरी ओसाका र चिवामा हुने बताए ।

प्रमुख कलाकार प्रदीप खड्का, आना शर्मा, दिब्या रायमाझी र राजवल्लभ कोइरालाले अभिनय गरेको फिल्मबाट अभिनेता कोइरालाले दशकपछि फिल्र्ममा देखिने छन । अभिनेता दिलिप रायमाझीकी छोरी समेत रहेकी दिब्याले यही फिल्मबाट अभिनय यात्रा सुरु गरेकी छन् ।

पटकथा आकाश बराल र निर्देशक राजन भुसालले लेखेका हुन् ।

फिल्ममा दिव्य देव, उषा रजक, सुशील सिटौलाको पनि अभिनय छ । अदृत फिल्म्स् र मोती फिल्मको संयुक्त प्रस्तुति रहेको फिल्मको निर्मातामा थमनकुमार भण्डारी र सहनिर्मातामा अनीश भुसाल छन् ।

फिल्मले नेपाली फिल्म क्षेत्रकै हिरोको कथा पेश गर्ने निर्माताले जनाएका छन् ।

एक शोमा प्रदिप प्रत्यक्ष उपस्थित हुने बताइएको छ । फिल्म नेपालमा भने यहि माघको १६ गते रिलिज हुने छ ।

ताजा समाचार