अक्टुबर १३ मा टोकियो सहित जापानको ४५ स्थानमा ‘छक्का पन्जा ५’ प्रर्दशन हुने

टोकियो

हास्य कलाकारहरु दिपा र दिपकको निर्माण एवं अभिनय रहेको नेपाली चलचित्र ‘छक्का पन्जा ५’ को जापानमा प्रर्दशन यहि अक्टुबर १३ मा टोकियो सहित ४५ स्थानमा प्रर्दशन हुने भएको छ ।

जापानमा चलचित्र प्रदर्शनको ब्यवस्थापन भिजोनिया कम्पनीले गर्ने जनाईएको छ । आयोजकले दिएको जानकारी अनुसार अक्टोबर १३ मा टोकियो स्थित मेगुरो पर्सिमन (MEGURO PERSIMMON HALL) हलमा प्रदर्शन गरिदैछ भने अन्य ४४ शहरमा फरक फरक मित्प्रमा प्रर्दशन हुने सुवास भिजोनियाका संचालक सुभास लामिछानेले जानकारी दिए ।

छक्का पन्जा सिरिजको यो पांचौ अध्यायमा होभने यसमा प्रेम सम्बन्ध, र सो सँग सम्बन्धित विभिन्न घटनाक्रमहरुलाई व्यांग्यात्मक रुपमा चित्रण गरिएको छ । यसको गित ‘तलाई सपिङ गरिदिएको पैसा फिर्ता ले’अहिले सामाजिक संजालमा निकै नै भाईरल भैरहेको छ । खासगरी मनोरञ्जनात्मक रुपले निर्माण गरिएको यो चलचित्रमा सामाजिक सन्देशहरुको पनि कमि छैन ।

जापानका अन्य शहरहरुमा पनि विभिन्न मितिमा प्रर्दशन हुने छ , दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन टिकट प्रणालीको व्यवस्था गरिएको छ जसमा इच्छुक दर्शकहरुले (https://dcticketing.com/) बाट टिकट लिन पाउँनेछन । दीपाश्री निरौला ले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवादहरु रहेका छन ।

ताजा समाचार