जापानको ओसाकामा नेपाल प्रवर्द्धनका लागि ‘एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४’ को तयारी पुरा

टोकियो

जापानको दोश्रो ठुलो शहर ओसाकामा यहि जुलाई २७ तारिक शनिबार एकदिने नेपाल प्रवर्द्धनका लागि नेपाली खाना एवं नेपाली सस्कृती चिनाउन नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगमाथा (माउन्ट एभरेष्ट) को नाम राखि ‘ एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४’ को आयोजना गरिने भएको छ ।

ओसाकालाई केन्द्रमा राखि सामाजिक सेवा गर्दै आईरहेको संघ सस्थाहरुको सहयोगमा हुने ‘ एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४’ को आयोजक भने डिस्कभरी सपोर्टले गरेको कार्यक्रमका संयोजक लाक्पा दोङ तामाङले निष्पक्ष न्यूजलाई जानकारी दिनुभयो ।

जापानमा बसेर बिभिन्न पेशा र ब्यवसाय गरिरहेका नेपालाहरुको सक्रियतमा जापानिजहरुलाई नेपाल, नेपालीको कला सस्कृती र खानाका बारेमा जानकारी दिन शनिबार ११ बजेबाट सांझ सम्म संचालन हुने कार्यक्रममा नेपाली जात जनजातिको सास्कृतिक झाकिहरुको प्रस्तुति र जानकारी, नेपाली उत्पादनहरु (कोसेली दिने चलन ) एवं नेपाली खानाका स्टल गरी २० वटा जानकारी दिने स्टलहरु संचालन गरिने आयोजकले जानकारी दिएका छन ।

ओसाका शहरको केन्द्रमा रहेको नाम्बा क्षेत्रमा हुने कार्यक्रममा नेपाली, जापानिज सहित अन्य देशका दर्शकहरुको उलेख्य सख्यामा उपस्थित हुने आयोजकले अनुमान छ ।

एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४’ आयोजकिय संयोजन गैरआवसीय नेपाली संघ एनआरएनए कान्साई, लगायतका ७ संघ सस्थाहरुले सहयोगमा ओसाकामा पहिलो पटक आयोजना हुन लागेको हो ।

ताजा समाचार