रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ टोकियोमा भुवन केसी, शिव श्रेष्ठको उपस्थितीमा प्रर्दशन हुने

टोकियो

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ टोकियोमा यहि अप्रिल २९ तारकि नाकानो जिरोहलमा प्रर्दशनी हुने भएको छ ।

‘दयाहाङ राईको मुख्य भूमिका रहेको ‘डिग्री माइला‘ प्रर्दशनका लागि नेपाली फिल्मी क्षेत्रका चर्चित नायक भुवन केसी, शिव श्रेष्ठ, संगितकारहरु सम्भुजित बास्कोटा एवं चेतन सापकोटा जापान आउने जापान राईट प्राप्त गरेका सुभाष लामिछानेले निष्पक्ष न्यूजलाई जानकारी दिएको छन ।

यसअघि यो फिल्म दशैंमा रिलिज हुने घोषणा गरिएको थियो । दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा आधारित फिल्म मुख्य भूमिकामा दयाहाङसहित पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे छन् ।

फिल्ममा रामबाबुकै पटकथा लेखन रहेको छ ।

ताजा समाचार