टोकियोमा आउदो शनिबार नेपाली चलचित्र “महाजात्रा”प्रर्दशन हुने

टोकियो

नेपाली चलचित्र ‘महाजात्रा’ आउदो सनिबार टोकियोमा प्रदर्शनमा हुने भएको छ । देश विदेसमा एकै पटक महाजात्रा चैत ९ गते रिलिज हुनेछ ।

फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलतापश्चात् षट्कोण आर्टस्को निर्माणमा तेस्रो शृंखला ‘महाजात्रा’मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको फिल्म ‘महाजात्रा’को लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका हुन् ।

महाजात्रामा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव पन्त, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको अभिनय रहेको छ ।

आन्वी इन्टरटेनमेन्ट्सले जापानको जिम्मा लिएको चलचित्र सिनेपत्रकार सचिन आचार्यले जानकारी दिएका छन ।

मगाजात्रा चैत्र १० (मार्च २३ तारिक) नाकोनो जिरो हलमा प्रर्दशन हुने भएको छ ।

ताजा समाचार