टोकियोमा पनि शिवरात्री मनाईयो

टोकियो

जापानको टोकियोमा महाशिवरात्रीमा भगवान शिवको पूजा, भजन-कृतन शिवरात्रिको महिमाको बारेमा प्रबचन सहित मनाईएको छ ।

बिहुँकोट समाज जापानद्वारा आयोजीत महाशिबरात्री तथा अन्तराष्ट्रिय नारी दिबस कार्यक्रम बृहत रुपमा सम्पन्न भएको हो । कार्यक्रममा धौलागिरी भजन समूहले शिव भजनहरु प्रस्तुत गरेका थियोभने कार्यक्रममा जापानका लागि नेपालका राजदूत डा.दुर्गा बहादुर सुबेदी, अनेसास जापानका निवर्तमान अध्यक्ष रविन शर्मा, बाग्लुङ समाज जापानका अध्यक्ष यमकान्त कडेल, बिहुँकोट समाजका पूर्व अध्यक्ष पण्डित देबिलाल सुबेदी, संरक्षक दिपक सुबेदी, सह-संरक्षक डिपी कँडेल एवं नेपालबाट जापान भ्रमणमा रहेका शिबलाल कँडेल, देऊरुपा कँडेल अतिथि रहेका थिए ।

शिवरात्रीको अवशरमा दिनमा आराधाना र पुजाबाट शुरु भएको थियो । विहान देखि मध्यरात सम्म संचालन भएको कार्यक्रममा जापानमा रहेका गायकहरु यूवराज आचार्य र सुर्य खड्काको सांगितिक प्रस्तुती रहेको थियो ।

शिवरात्रीको दिन ठुलो सख्यामा भक्तजनहरुले भगवान शिवको पुजा र आराधाना गरेको बिहुकोट समाज जापानका अध्यक्ष दिपक कंडेलले निष्पक्ष न्यूजलाई जानकारी दिए ।

किन मनाइन्छ शिवरात्रि ?

शिवसँग रात शब्द जोडिएको छ । किनभने उनले अज्ञानको कालो रातमा संसारमा आउने विश्वास गरिन्छ । जब मानवसहित सारा संसार अज्ञानताको रात अर्थात् मायाको नियन्त्रणमा आउँछ, जब पाँच विकृतिको प्रभावले सबै आत्मा अपवित्र हुन्छन्, जब हामीले पवित्रता र शान्तिको साँचो धर्मलाई बिर्सिन्छौं । तब आध्यात्मिक वास्तविक पहिचान हराउँछ । यस्तो समयमा मात्र भगवानले हामीलाई जगाउन, सम्पूर्ण मानवताको उत्थान गर्न र सम्पूर्ण विश्वमा शान्ति, पवित्रता र प्रेमको सत्य धर्मको पुनः स्थापना गर्न सामान्य शरीरमा प्रवेश गर्ने पूर्वीय दर्शनले भन्छ ।

हाम्रो जीवनमा पनि दुई शक्तिले काम गरेको हुन्छ । एउटा प्राण शक्ति र अर्को जीवन शक्ति । प्राण शक्तिलाई बिस्तारै उठाएर महाप्राणमा माथिल्लो चेतनासँग जोड्न शिवरात्रि अत्यन्त महत्वपूर्ण छ ।

भनिन्छ, शिवरात्रिको रातमा हाम्रो आत्मा र प्रकृतिको दूरी घटेको हुन्छ । प्रकृतिको ऊर्जासँग जीवनको ऊर्जा मिसिएको हुन्छ । त्यसकारण अरुबेला प्रकृतिबाट टाढा जाने ऊर्जाको लय, गति वा तरंग यतिखेर नजिक आइरहेको हुन्छ । त्यसकारण शिवरात्रिमा उत्सव मनाउँदा ऊर्जावानको अनुभूति हुन्छ ।

हामीसँग अनेकौं प्राणशक्तिको रुप छ । शरीरमा पनि धेरै किसिमका अग्नि छन् । कागनि, देहाग्नि, प्राणग्नि । यी अग्निलाई हामी त्यो रात आगो तापेर भित्रको अग्निलाई जगाउँछौं । जसकारण यो पर्व निकै महत्वपूर्ण छ ।

ताजा समाचार