टोकियो
विश्व नेपाली साहित्य महासङ्घ, जापान शाखाको आयोजनामा आईतबार कवि सयपत्री थुलुङको विशेष प्रस्तुती रहेको ‘गांउ फर्किरहेको परदेशी टोकियो साँझ’ टोकियोमा सम्पन्न भएको छ ।
नेपाली भाषा र साहित्यप्रेमी जापानी नागरिकहरू हारुहितो नोजु र युको ओकामोतोद्वारा सामूहिक दीप प्रज्वलनबाट शुरु भएको कार्यक्रममा जापानमा क्रियासिल कविद्वय प्रविण लामा’अपरिचितको सिनकानसेनको देशबाट’, राजु स्याङतानको ‘ओ पेङ्दोर्जे’ विमोचन पनि सम्पन्न भएको छ ।
गाउॅं फर्किरहेको परदेशी टोकियो साँझमा कवि सयपत्री थुलुङ्रले रचना गर्नुभएको कविताहरु वाचन गरिएको थियो । थुलुङले हालै प्रकाशन गर्नुभएको कविता संग्रहको नाम नै राखिएको कार्यक्रममा प्रस्तुती निकै आर्कषक र उपस्थित सबैलाई मन्त्रमुग्ध पार्न सफल भएको थियो । सांझमा थुलुङले एक दर्जन भन्दाबढी साहित्य रचनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी, विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय महासचिव सुनिता राई कन्दाङ्वा भर्चुअल माध्यमबाट तथा भौतिक उपस्थितिमा प्रवासी नेपाली मञ्चको अध्यक्ष कुलचन्द्र खरेल,अनेसास जापान शाखाका अध्यक्ष अरुण पौडेल, जनजाति पत्रकार महासङ्घ जापानका अध्यक्ष फुर्वा शेर्पा, नेपाली जनप्रगतिशील मञ्च जापानका, महासचिव दावा शेर्पा तथा किरात याक्थुङ चुम्लुङ जापान, उपाध्यक्ष मनकुमार तुम्सा लगायत आमन्त्रित अतिथिहरूले सिनकानसेनको देशबाट र ओ पेङ्दोर्जेको सामूहिक विमोचन गरेका थिए ।
कार्यक्रममा कविहरु बिमन किराती, दिलिप राई, गंगा गगन, अनिलकुमार ‘निर्दोष’, अरुण पौडेल, राजन घले, उमेश तिमिल्सिना, विजय स्याङ्बो, म्यामराज राई लगायत करिब एक दर्जन साहित्यकारहरूले विभिन्न विधामा आफ्ना रचना सुनाएका थिएभने भोजपुरबाट राष्ट्रिय कविता महोत्सव -२०७८ को विजेता कविता राई र इटहरीका वरिष्ठ भाषाविद् श्री दिनेश पौडेलले भर्चुअल माध्यमबाट जोडिएका थिए ।
विनेसाम जापान शाखाको अध्यक्ष देवीबहादुर इङ्नाम लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा गंगा गगन रचनामा रहेको नयां गित प्रस्तुती गरिएको थियो भने महासचिव रविन्द्र दिखुक्पाले कार्यक्रमको सहजिकरण गरेका थिए ।