टोकियो
जापान भ्रमण रहेका नेपाली तिन कविहरुलाई अनेसास जापानले शनिबार एक कार्यक्रमको आयोजनागरी रात्री भोज सहित सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा चर्चित गीतकार तथा चलचित्रकर्मि प्रकाश सुवेदी, छन्दकवि तथा अनेसास नेपाल च्याप्टरका महासचिव ऋषभदेव घिमिरे, कवि तथा चलचित्रकर्मि तथा अनेसास नेपालका उपाध्यक्ष राजेन्द्र केसीलाई अनेसास जापान च्याप्टरले शनिबार सम्मान सहित मायाको चिनो प्रदान गरेको हो ।

टोकियोको सिन ओकुवोमा रहेको प्याराडाइज रेष्टुरेण्टमा यहि मे २० तारिख शनिबार सम्पन्न भएको कार्यक्रममा नेपालबाट आएका साहित्यिक व्यक्तित्वहरुलाई स्वागत तथा सम्मान गर्न अनेसास केन्द्रका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माईला, अनेसास केन्द्रका सचिव दीप पाठक, अनेसास जापान च्याप्टरका अध्यक्ष रविन शर्मा, एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, एनआरएनए जापानका प्रवक्ता सुवास लामिछाने, नेपाल पत्रकार महासंघ जापान च्याप्टरका निवर्तमान अध्यक्ष मोहन घले, मिडियाकर्मि दिलिप श्रेष्ठ, एनआरएनए आईसिसी उपाध्यक्ष एवम् अनेसासका पूर्व महासचिव भुषण घिमिरे, अनेसास जापानका पूर्व अध्यक्षद्वय ज्ञावली र आलोक चालिसे, साहित्यकार गृष्मा पौड्याल, जापान भ्रमणमा रहनु भएका शिक्षक होमनाथ अर्याल लगाएत जापानस्थित नेपाली समाज र समूदायलाई प्रतिनीधित्व गर्ने विभिन्न व्यक्तित्वहरु सहभागी भएका थिए। कार्यक्रममा सम्मानित कविहरु तथा अन्य उपस्थित कविहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए ।

यसरी नै २ महिना अगाडिदेखि जापानमा रहनु भएका प्रकाश सुवेदीले आफ्नो अनुभव सुनाउदै १ दिन पनि विरानो महसुस हुन नपरेको र जहाँ पुग्दा पनि त्यत्तिकै माया र सम्मान पाएको बताए। कार्यक्रममा प्रकाशले यो तपाईँहरुकै कथा हो भन्दै सम्झिएर बालबच्चा घर खेतबारी, असारै लाग्यो दर्कियो पानी लगाएतका गीतहरु वाचन गरेर सुनाएका थिए।
यसरीनै अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष्य तथा चलचत्रकर्मि राजेन्द्र केसीले जापानको साकुरा सम्बन्धि कविता सुनाएका थिए।
कार्यक्रममा अनेसास जापानका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माहिलाले परदेशमा बसेर कलम चलाउने कविहरुका कलम पनि निकै सशक्त रहेको बताए भने जापान च्याप्टरका अध्यक्ष रविन शर्माले स्वदेशी कविहरुलाई परदेशी माटोमा यसरी सम्मान गर्न पाउँदा गर्ववोध भएको बताए । कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले एकैछिन मात्र भेटेर फर्किहाल्छु भन्ने सोच राखेर आएको भएता पनि कविहरुको माहौलले २ घण्टासम्म समय गएको पत्तै भएन भन्दै आगामी दिनमा यस्ता रचनात्मक कार्यक्रममा एनआरएनएको पनि साथ रहने बताए।