सन्देश मुलक नेपाली चलचित्र ‘सिग्नेचर’ टोकियोमा यहि १४ मेमा प्रर्दशन हुने

टोकियो

चर्चित कलाकार सन्दीप क्षेत्री, नम्रता सापकोटा लगायतको अभिनय रहेको नेपाली चलचित्र सिग्नेचर यही मे १४ तारिकका दिन जापानको टोकियोको सिनओकोबु स्थित सोलमारी मुरा हलमा प्रर्दशन हुने भएको छ ।

सभ्य सृजना प्रा. लि. को व्यानरमा प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेको नेपाली चलचित्र सिग्रेचरको लेखन निर्देशन सागर उद्रगमको हेको छ। चलचित्रमा सन्दीप क्षेत्री सहित विनोद पौडेल, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, प्रज्ञा जोशी, सरिता गिरी, जेबीडिसी लगाएतका कलाकारको अभिनय रहेक‍ो छ।

सत्य कथालाई चलचित्रको रूपमा उतारिएको सिग्नेचरमा अब्बल अभिनय सहित मनोरञ्जन र सन्देशको सुन्दर पयाकेज छ भन्ने कुरा हामीलाई चलचित्रका निर्माता प्रकाश सुवेदीले बताएका छन्।

           सिग्नेचर मुभी थिङ्क पोजेटिभ ग्लोबल क्याम्पिएनको नारा दिएर नेपालका विभिन्न स्थानीय तह र मुख्य मुख्य सहरहरुमा प्रदर्शन गरिएको यो चलचित्र नेपालका हलमा भने अहिलेसम्म लगाइएको छैन। 

सिग्नेचरको टोकियो प्रदर्शनमा एनआरएनए जापान, कास्की पोखरा समाज र आईटिभेन्चर सह-प्रायोजकका रूपमा, अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान सहयोगि संस्थाको रूपमा रहेका छन् भने मिडिया पाट्नर नेपाल जापान डट कम र निष्पक्ष न्यूज रहेका छन्।

ताजा समाचार