टोकियो
गुरुङ जातीको नयाँ बर्ष ल्होसार जनवरी २ तारिक टोकियोमा आयोजना हुने भएको छ ।
सधैको बर्ष जस्तै तमूधीं जापानले २८ औं ल्होसार साँझ गर्ने जनाएको हो ।
बाघ वर्गको विदाई र विरालो वर्गको स्वागतमा मनाईने ल्होसार तमु धीं जापानले २ जनवरी दिउसो ३ बजेबाट ल्होसार टोकियोको ईकेगामी खाईकेनमा आयोजन गर्ने भएको छ ।
गुरुङ संस्कार र गुरुङ संस्कृतिका विभिन्न झाँकी, छ्याढु, घाँटु सहित २८ औं तमु ल्होसार मनाउन लागेको कार्यक्रम संयोजक तथा उपाध्यक्ष सोममाया गुरुङले जानकारी दिनुभयो ।
तमु धीं जापानका अध्यक्ष रमेश कुमार तमुका अनुसार ल्होसार साँस्कृतिक साँझ सम्पन्न गर्न उपाध्यक्ष सोममाया गुरुङको सयोजकत्वमा विभिन्न समितिहरु बनाई तयारी शुरु भएको बताउनु भएको छ ।
जापानमा गुरुङ जातिको संस्कार र संस्कृतिलाई दोश्रो पुस्तासम्म लैजाने अभियान स्वरूप तमु धीं जापानले हरेक बर्ष ल्होसार, रोंधी साँझ जस्ता गुरुङ जातिको मौलिक पर्वहरु निरन्तर मनाउदै आइरहेको छ । विगत केहि वर्षहरुमा कोविड-19 का कारण नेपालबाट कलाकारहरु वोलाएर ठुलो कार्यक्रम गर्न नसकेको तर यसपटक भने प्रथम वाई-वाई नेपाल स्टार एलिना गुरुङ र पुरानो श्रष्टा लोकपप र कौडा गायक दुर्गा बहादुर गुरुङलाई जापान निमन्त्रण गरिसकेको उपाध्यक्ष चित्र तमुले जानकारी दिनुभयो ।
आउदै गरेको तमुहरुको महान पर्व ल्होसारको अवसरमा तमुधींले आयोजना गरेको ल्होसार कार्यक्रममा सबैले विदा मिलाई उपस्थित भईदिन आयोजकले जापानवासी सबै तमु एवं गैर तमु नेपालीहरुमा निमन्त्रण गरेको छ ।