टोकियो
दशै टुरमा सांगितीक प्रस्तुती लिएर जापान आएका भिटेनको आईतबार टोकियोको कार्यक्रम जति रोमञ्चक होला भन्ने थियो त्यो भन्दा बढी कन्ट्रोभर्सी भएर सकिएको छ ।
आइतबार बेलुका जापानको राजधानी टोकियो र नेपाली धेरै बसोबास गर्ने सिटि सिन्जुकुमा भिटेनको गायकीभन्दा आफ्नो हर्कतले फेरी एक पटक चर्चामा आए र आयोजकलाई माफि मगाए ।
दाजु भाई समुहको प्रस्तुती नाम दिएको कार्यक्रममा भिटेनले प्रस्तुति मञ्चको पहिलो तल्लाबाट प्रकट हुदै गायन शुरु गरे र माहोल तताए त्यसपछि उनले जे गरे त्यो उपस्थित सबै दर्शक एक पटक सोच्न बाध्य मात्र भएनन टिकटको पैसा फिर्ताको माग गर्न पनि बाध्य भए ।
कारण थियो भिटेनको हर्कत, उनि साच्चै आसु चुहाउदै रुए र भने मलाई कोहि चाहिदैन, केहि चाहिदैन, फेक सम्फेथी डन्ट निड भन्दै मञ्चको सबै भाग डुले, डिजेलाई म्यूजिक रोक्न भने र एकोहोरो बोले त्यस समयमा के भयो के हुदै छ नत आयोजकलाई जानकारी थियो न उनको टिमलाई त्यस पछि मञ्चको विच भागमा लडे र उठेनन ।
भिटेनलाई उठाउन स्वंयसेवक, आयोजक र सहयोगि गए उनि उठे र फेरी एकोहोरो बोले पानिको बोतल फाले र सिसाको बोतल उठाएर आफ्नै टाउकोमा हिर्काए, उनलाई संयमित तुल्याउन आयोजकलाई हम्मे-हम्मे पर्न थाल्यो र मञ्च छाडेर हिडे ।
त्यसपछि डिजे नानिको नम्बरहरुमा दर्शकहरु नाचे केहि र रिसाएका दर्शक मथ्थर भए केहि समय पछि भिटेन मञ्च आए र एउटा गित गाए ।
भिटेनका नजिकका अनुसार उनको जापानमा भएको अर्को सोमा भिटेनको प्रस्तुतीसगै जापानिज मोडलहरु राखेपछि दार्जलिङमा रहेका गर्लफेन्डसग विबाद भएपछि टोकियोमा उनले यस्तो ब्यवहार गरे भन्ने पनि छ ।
तरपनि केहिले भने भिटेनले जानेर वा नजानेर गर्ने यस्तो ब्यवहार एवं कलाकारले गर्नु पर्ने मर्यादमा ध्यान जान नसक्दा भिटेनको गायन भन्दा उनका हर्कतहरुले बढी चर्चा हुने गरेका छ र यस पटकको टोकियोमा पनि भिटेनको गितले भन्दा उनको गलत हर्कतले उनलाई जित्यौ भन्ने दर्शकहरु भेटिए ।