नागोयामा दोश्रो नेपाली फेष्टिवल शुरु, पहिलो दिन नै जापानिज र नेपाली दर्शकको बाक्लो उपस्थिती

नागोया

गैर आवशीय नेपाली संघ(एनआरएन) नागोया क्षेत्रिय समिति र नेपाली दूतबास जापानको आयोजनामा आजबाट नागोयामा नेपाली फेष्टिवल शुरु भएको छ ।

नेपाली काग्रेसका नेता एवं पूर्व रक्षा तथा संचार मन्त्री मिनेद्र रिजालको प्रमुख आतिथ्यतमा सम्पन्न भएको फेष्टिवलको पहिलो दिन नै जापानिज नागरिक र नेपाली नागरिकको बाक्लो सहभागिता रहेको थियो ।

आईतबार सम्म संचालन हुने फेष्टिवलको उदधाटन गर्दै नेता रिजालले नेपाली समुदायले यति सुन्दर कार्यक्रम आयोजना गरेकोमा जापानवासी नेपालीको खुलेर प्रशंसा गर्नु भयो । नागोया शहरका मेयर खावामुरा टाकासीले फेष्टिवललाई सम्बोधन गर्दै नागोया सहरले नेपालको सहरसग भगिनी सम्बन्ध जोडन चाहेको बताएका थिए । मेयरको सम्बोधन पछि नेता रिजालले फेष्टिवलमा सहभागि नागोया शहरका मेयर सहित स्थानिय निकायका पदाधिकारीहरु एवं फेष्टिवलमा सहभागि सबै जापानिज नागरिकहरुलाई नेपालको तर्फबाट आभार ब्यक्त गर्नु भएको थियो ।

आयोजक एनआरएन नागोया अध्यक्ष मनोज बम मल्लको सभापतित्वमा सम्पन्न उदधाटन समारोहमा फेष्टिवल आयोजक समेत रहेको नेपाली दूतबास जापानका उपनियोग प्रमुख अम्विका जोशीले स्वागत गर्नु भएको फेष्टिवलमा एनआएन आईसिसिका उपाध्यक्ष गोविन्द श्रेष्ठ, एसिया प्यासेफिकका संयोजक पारसमणि पोख्रेल, एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल, नेपाल पत्रकार महासंघका जापानका अध्यक्ष मोहन घले, जनजाती महासंघ, नागोयाका अध्यक्ष रिना तामाङ,फेष्टिवलका संयोजक दिपक कार्की लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

जनजातिहरुको झाकी

औपचारिक उदघाटन सम्पन्न भएपछि नेपालमा रहेका आदिबासि जनजातीहरुको सास्कृतिक झाकिहरु प्रस्तुत गरिएको थियो भने जापानिज नागरिकहरुलाई नेपाल सस्कृतीको बारेमा बुझ्न सजिलोका लागि जापानिज भाषामा सहजीकरण गरिएको थियो । फेष्टिवलमा गुरुङ, तामाङ, राई लिम्बु, मगर जातीको सास्कृतिक प्रस्तुतीहरु गरिएको थियो ।

राजु लामा,बद्री पंगेनी र सम्झना भन्डारीको प्रस्तुती

फेष्टिवलमा वाल कलाकारको नृत्य सहित शुरु भएको सास्कृतिक प्रस्तुती, आजको पहिलो दिन दर्शकका विच रौनक भने सम्झना भन्डारी, बद्री पंगेनी र मंगोलियन हर्टका राजु लामाले सबैलाई नाचएका थिए । सम्झना भन्डारीले, लोक दोहोरी एवं तिजका गित प्रस्तुत गरेपछि नाच्न शुरु भएका दर्शकलाई बद्री पंगेनीको ससुरालीमा गित सहितको गितहरुले मनोरन्जन दिएको थियोभने मंगोलियन हर्टका राजु लामाले पर्खाईमा बोलको गित गाउदा दर्शकले सगै गाएर साथ दिएका थिए । लामाले आधा दर्जन गितहरु प्रस्तुत गरेका थिए ।

गर्मी र दर्शकको बाक्लो उपस्थिती

दिनको ११ बजे उदधाटन सत्र शुरु भएको दोश्रो नागोया फेष्टिवलमा २८ डिग्रीको तातो गर्मीमा पनि जापानिज नागरिकहरु सारी, कुर्ता शुरुवाल सहित साना बच्चाहरुलाई ढाका टोपि लगाएर सहभागि बनि रहदा नेपालीहरुले चाख मानेर फोटो खिचिरहेका थिए ।

शुक्रबार सम्म नागोया क्षेत्रमा बाक्लो बर्षा सहितको हावाहुरी (टाईफु) आउने मौषम विभागले सूचना गरेपछि शनिबार आकाश खुल्दा नागोयामा निकै गर्मीको महशुस गरिएको थियो । तरपनि यस क्षेत्रमा बसोबास गर्ने करिब १८ हजार नेपालीहरु मध्ये धेरै सहभागिता भएका थिए । पहिलो दिनमा सोचे भन्दा बढी नेपाली सहित जापानिज नागरिक सहभागि भएको संयोजक दिपक कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार पहिलो दिनको दर्शकको सहभागिताले आफु उत्साहित भएको भन्दै फेष्टिवलको अन्तिम दिन आईतबार बिदाको दिन भएको हुदा पहिलो दिन भन्दा आईतबार दर्शकहरुको संख्या डबल हुने बताउनु भयो ।

आयोजकले जापानमा बसेर मातृभूमीका लागि अथक सहयोग पुर्याएको भन्दै चितवानका दिपक बाबु नेपाललाई सम्मान गरेको छ । नेपालले चितवानका चेपाङ सहित आर्थिक अवस्था कमजोर भएका विरामी एवं विभिन्न समाज एवं संघ सस्थाको भौतिक विकासका लागि जापानमा राम्रो काम गरेको भन्दै सम्मान गरेको थियो ।

गैरआवशीय नेपाली संघ, क्षेत्रिय समिति नोगोया, नेपाली दूतबास जापानको सयुक्त आयोजनमा भएको यो फेष्टिवल तेश्रो हो ।अघि टोकियो र फुकुओकामा नेपाली फेष्टिवल सन्पन्न भईसकेको छ ।

ताजा समाचार