टोकियो
जापानको उचुनोमिया शहरमा बसोबास गर्ने नेपाली दिदि बहिनीहरु लाई हरि तालिका तीजको उपलक्ष्यमा निशुल्क दर खुवाउने भएको छ ।
संस्कृतीको पहिचान, नारीलाई सम्मान भन्ने उदधोष सहित नेपालबाट हजारो माईल टाढा जापानमा आई बिभिन्न काम गरिरहेका नेपाली दिदि बहिनीहरुको सम्मानका लागि उचुनोमिया नेपाली समाज जापानले अगष्ट २७ तारिक शनिबार निशुल्क दर खुवाउने कार्यक्रमको आयोजना गरिएको समाजका सचिव सन्तोष घिमिरेले निष्पक्ष न्यूजलाई जानकारी दिनुभयो ।
जापानको तोचोगी केनको उचुनोमिया शहरमा बस्ने करिब पांच सय घर परिवारमा रहेको समाजको अनुमान रहेको छ । समाजले नेपाली नारीहरुको सम्मानमा निशुल्क दर खुवाउन लागिएको बताएका छ। उचुनोमियामा रहेका नेपाली दिदि बहिनीहरुमा माइती घरको अनुभव आभाष दिन एवं दिदि बहिनीहरुलाई सामाजिक संघ संस्थामा सक्रियता बढाउन सहज होस भनि समाजले निशुल्क दर खुवाउने कार्यक्रम आयोजना गरेको घिमिरे बताउनु भयो ।
दर सहित समाजले जापानमा रहेका नेपाली समुदाय संग सहकार्य गर्दै जापानमा नेपाल र नेपाली संस्कृति चिनाउने कार्यक्रमहरु गर्ने योजना बनाएको बताएको छ ।