टोकियो
अगष्ट २१ तारिक आईतबार टोकियोको सिन्जुकुमा हुने २४ औ रोधीं सांझका लागि बुधबार जापान आईपुगेका मंगोलियन हर्टका चर्चित गायक राजु लामालाई आयोजक तमुधी जापानले स्वागत गरेको छ ।
नेपाल एयारलाईन्सबाट बुधबार जापानको नारिता ओर्लिएका गायक राजु लामालाई तमुधीं जापानका अध्यक्ष रमेश कुमार गुरुङ, संरक्षक ईश्वर गुरुङ, श्री गुरुङ, जिवन गुरुङ लगायतले स्वागत गरेका थिए ।
आयोजकले दिएको जानकारी अनुसार बुधबार सांझ नै सिनओकुबो स्थित रातोमाटो रेष्टुरेन्ट स्वागत कार्यक्रम सहित प्रेश-मिट गरिने भएको छ ।
कार्यक्रम हुनु भन्दा पांच दिन अगाडी जापान आईपुगेका राजुले यो विचमा लाईभ प्रस्तुतीका लागि तयारी सहित कोरोना प्रोट्रोकल पालन गर्नका लागि समय भन्दा अगाडी आएको कार्यक्रमका संयोजक चित्र गुरुङले निष्पक्ष न्यूजलाई जानकारी दिएका छन ।
रोधीं सांझको सबै तयारी सकिएको आयोजकले जानकारी दिएको छ ।