टोकियो
अनेसास जापानले टोकियोमा २०७९ को नयां बर्षको शुभकामना आदानप्रदान एवं ६२ औँ नियमित साहित्य श्रृंखला सहित “लजालु पहाड” गीतकृत विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।
जापानका लागि नेपाली कावा राजदूत अम्बिका जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा युरेका पब्लिकेशनले हालै प्रकाशन गरेको अमृत शर्मा ढकालको गीतकृति ’लजालु पहाडहरू’ माथिको विमर्श सम्पन्न भएको हो ।
लेखक ढकालको उपस्थितीमा सम्पन्न विमर्श कार्यक्रममा पुस्तकका बारेमा उठेका जिज्ञास एवं गीत रचनाका पृष्ठभूमिका बारेमा ढकालले आफना अनुभवहरु पस्किएका थिए । कार्यक्रममा लेखकले प्रेममा परेको प्रेमीको मनोदशा पछि उठेको छटपटिहरुलाई शब्दमा ब्यक्त भएको बताउनु भयो ।
पुस्तकमाथि दीप पाठक र कुमार सिम्खडाको टिप्पणी गरेका थिए ।
एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, गायक ईश्वर गुरूंग लगायतका वक्ताहरुले आफनो विचार ब्यक्त गरेको थिएभने अनेसास जापानका पुर्ब अध्यक्ष दिप पाठक, निवर्तमान अध्यक्ष गिरिजा गैरे, अनेसास जापानका सल्लाहकारहरू हारूहितो नोजु, शरद गौचन कवि तथा लेखकका श्रीमती सुमित गिरी सहित विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा संगीता कुंवर, ग्रिष्मा पौड्याल गिरीजा गैरे, सुमित गिरी, अमरदेव बास्तोला, मिनराज बास्तोला, दीप पाठक, विष्णु पौडेल, मनोज मौसम केसी, अरूण पौडेल , गगन गंगा ,दिलिप राई लगाएत लगभग १ दर्जन भन्दा बढी स्रष्टाले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेकाथिए ।
अनेसास जापानका अध्यक्ष रविन शर्माको अध्यक्षता, वरिष्ट उपाध्यक्ष अरूण पौडेलद्वारा स्वागत मन्तव्य एवं अनिल निर्दोसले कार्यक्रमको सहजीकरण गरेका थिए ।